जन्तेढुंगामा एक सातादेखि टेलिफोन समस्या  « Khabarhub

जन्तेढुंगामा एक सातादेखि टेलिफोन समस्या 


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको जन्तेढुंगा गाउँपालिकामा टेलिफोनमा समस्या दोहोरिएको छ ।

३ जेठदेखि एनटिसी फोन नलाग्ने र लागेको बेला कुराकानी हुन नसक्ने समस्या देखिएको हो ।

गाउँपालिकाको केन्द्र चिसापानीबजारमै फोन नटिप्ने समस्या दोहोरिएको कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताए ।

जन्तेढुंगा गाउँपालिकामा पटक–पटक फोनमा समस्या आउने गरेको छ तर नेपाल टेलीकमले यसको दीर्घकालीन हल गर्न ध्यान नदिएको विष्टले बताए ।

नवनिर्वाचित गाउँपालिका अध्यक्ष अरुणादेबी राईकै वडा जन्तेढुंगा गाउँपालिका–३ काहुलेमा समेत फोनको समस्या देखिएको छ । फोनमा देखिएको समस्याका कारण इमरजेन्सी सूचना प्रवाहमा कठिनाइ हुँदा सेवाग्राही मारमा परेका छन् ।

गत चैत दोस्रो हप्ता पनि जन्तेढुंगा गाउँपालिका–२ बोपुङ र काहुलेमा एनटिसी फोनमा समस्या देखिएको थियो ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ८ : ०९ बजे

युक्रेनमा रूसी आक्रमण तीव्र, मृतकको सङ्ख्या २१ पुग्यो

किएभ- युक्रेनमा रूसले गरेको पछिल्लो आक्रमणमा मृत्यु हुनेको सङ्ख्या बढेर २१

प्रधानमन्त्री बालेनसँगको भेटपछि एडीबी अध्यक्षले गरे नेपाललाई साढे तीन खर्ब सहयोग गर्ने घोषणा

काठमाडौं– एशियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कन्दाले प्रधानमन्त्री

एआई चिपको मागले सामसुङको त्रैमासिक नाफामा ऐतिहासिक छलाङ

सियोल- कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी मेमोरी चिपको विश्वव्यापी माग तीव्र रूपमा

राष्ट्र बैंकका एक दर्जनभन्दा बढी नीति तथा कार्यक्रम अलपत्र

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको

साउने मेलाका लागि सजाइँदै टुटेश्वरनाथ महादेव मन्दिर

महोत्तरी– भगवान् शिवको आराधना र उपासना गरी मनाइने साउन महिना