भरतपुरमा रेनुलाई ७ हजारको अग्रता, अब ४० हजार मत गन्न बाँकी « Khabarhub

भरतपुरमा रेनुलाई ७ हजारको अग्रता, अब ४० हजार मत गन्न बाँकी


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चितवनको भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।

आज बिहानसम्म ८८ हजार २८४ मत गनिसक्दा गठबन्धनबाट मेयरमा उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रताल कायमै राखेकी छन् । पछिल्लो मत परिणामअनुसार उनले ३४ हजार ६८४ मत प्राप्त गरेकी छिन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का विजय सुवेदीले २७ हजार ३७० मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ७२० मत प्राप्त गरेका छन् ।

उपमेयरतर्फ भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३६ हजार ८९३ मत प्राप्त गरेका छन् । त्यस्तै दोश्रो स्थानमा रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की हिमला गुरुङले २१ हजार ६२१ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ६ : ५५ बजे

इरानका विषयमा इस्लामिक देशहरू किन विभाजित छन् ?

तेहरान– इरानलाई लिएर इस्लामिक देशहरूबीच देखिएको गहिरो विभाजनको पछाडि धार्मिकभन्दा

झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी– झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ