एमबाप्पेले गरे पीएसजीमै रहने सम्झौता « Khabarhub

एमबाप्पेले गरे पीएसजीमै रहने सम्झौता


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फ्रान्सका युवा स्ट्राइकर किलियन एमबाप्पेले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन( पीएसजी) सँग थप तीन वर्षको सम्झौता नविकरण गरेका छन् ।

एमबाप्पेलाई भित्राउने प्रयासमा रहेको स्पेनिस ला लिगाको क्लब रियल मड्रिडको इच्छा यस पटक पनि पूरा हुन पाएन ।

रियाल पछिल्लो केही सिजन देखी लगातार एमबाप्पेलाई अनुबन्धन गर्ने प्रयासमा थियो । रियालले एमबाप्पेसँगै इर्लिङ हल्यान्डलाई समेत अनुबन्धन गर्ने प्रयास गरेको थियो ।

हल्यान्ड यसै महिना मात्र इङलिस प्रियिमर लिग क्लब म्यानचेस्टर सिटीमा अनुबन्धन भएका थिए ।

एमबाप्पे र पिएसजीबीचको सम्झौता आगामी महिना सकिँदै थियो । एमबाप्पेले केही दिनअघि मात्र आफूले क्लब भविष्यका बारेमा निर्णय गरिसकेको र छिट्टै आफ्नो निर्णय सार्वजनिक गर्ने बताएका थिए । नयाँ सम्झौतापछि एमबाप्पे सन् २०२५ सम्म पिएसजीमै रहनेछन् ।

‘म घोषणा गर्न चाहन्छु, मैले पिएसजीसँगको सम्झौता थप गर्ने निर्णय लिए र म एकदमै खुशी छु’, एमबाप्पेले भनेका छन् , ‘म क्लबको नयाँ प्रस्तावमा सहमत भए । मप्रति विश्वास गरेकाले क्लबका अध्यक्ष नासिर अल खिलाफीलाई धन्यवाद दिन चाहन्छु । ’

एमबाप्पेले पिएजीसँगको सम्झौता नविकरणलाई यादगार बनाउने क्रममा शनिबार मेइन्जविरुद्ध ५-० को जित निकालेको खेलमा ह्याट्रिक पूरा गरेका थिए ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ८ : १८ बजे

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार

विद्यालयमा डीआई होइन काउन्सिलर राखाैँ

शिक्षा भनेको एक गतिशील प्रक्रिया हो। आजको आवश्यकता र भोलिको

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,