बाराको महागढीमाई नगरपालिकामा पुनः कांग्रेस विजयी « Khabarhub

बाराको महागढीमाई नगरपालिकामा पुनः कांग्रेस विजयी


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – बाराको महागढीमाई नगरपालिकाको मेयरमा पुनः नेपाली कांग्रेसले जित हात परेको छ ।

२०७४ को स्थानीय निर्वाचनमा विजयी भएका नेपाली कांग्रेसका उपेन्द्रप्रसाद यादव (उपन यादव) र तारादेवी कानु  पुनः विजयी भएका छन् ।

यादवले १ हजार २ सय ९४ मतको फराकिलो मतान्तरले जित हासिल गरेका हुन् । निवर्तमान मेयरसमेत रहेका यादवले ८ हजार ६७० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाको तर्फबाट मेयर उम्मेदवार रामबाबु यादवले ७ हजार ३७६ मत ल्याएका छन्।

उपमेयरमा पुनः दोहोरिएकी तारादेवी कानुले ७ हजार ९९७ मत प्राप्त गरेकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी पुष्पाञ्जली देवीले ७ हजार १० मत पाइन् । कानुले निकटतम प्रतिद्वन्द्वी एमालेकी देवी भन्दा ९ सय ८७ मत बढी प्राप्त गरेर विजयी भएकी हुन् ।

स्थानीय तह निर्वाचन- २०७९ को सम्पूर्ण जानकारीका लागि खबरहबको अन्तरक्रियात्मक वेबसाइट यहाँ क्लिक गर्नुहोस् –

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ९ : ४६ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको