आज भलिबल दिवस, विभिन्न कार्यक्रम गरिँदै | Khabarhub Khabarhub

आज भलिबल दिवस, विभिन्न कार्यक्रम गरिँदै


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय खेल भलिबल घोषणा भएको आज पाँच वर्ष पुगेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकारले २०७४ साल ८ जेठ गते नेपालको राष्ट्रिय खेल  भलिबल घोषणा गरेको थियो ।

त्यसयता नेपाल भलिबल संघ, भलिबल क्लब र एकेडेमीका रुपमा रहेका संघ संस्थाले विभिन्न कार्यक्रम आयोजना गरी यो दिनलाई भलिबल दिवस दिवस बनाउँदै आएका छन्।

आज जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले खेलकुद पत्रकारसहित भलिबलमा क्रियाशील व्यक्तिबिच मैत्रीपूर्ण खेल आयोजना गर्दै भलिबल दिवस मनाउने भएको छ ।

न्यु डायमन्ड एकेडेमीले पुरानो नैकापमा साँझ त्रिभुवन आर्मी क्लबसँग खेल्दै दिवस मनाउने योजना बनाएको छ । नेपाल भलिबल संघका सदस्य तथा पूर्व खेलाडी भरत शाह भलिबललाई व्यवस्थित, विस्तार र भलिबल खेलको पूर्वाधारमा सहयोग गर्न सरोकारवाला निकायले सहयोग गर्नुपर्ने बताउँछन् ।

‘हामी बिस्तारै व्यावसायिक हुँदै छौँ। यसलाई अझै विस्तार गर्न  सरोकारवाला निकायले सहयोग गर्नुपर्छ । संघ एक्लैले केही गर्न सक्दैन’, उनले भने ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  १० : ०१ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले