प्रधानमन्त्री देउवासँग अमेरिकी उपमन्त्री जियाको भेटवार्ता | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवासँग अमेरिकी उपमन्त्री जियाको भेटवार्ता


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी नागरिक सुरक्षा लोकतन्त्र र मानव अधिकारसम्बन्धी अमेरिकी उपविदेश मन्त्री उज्रा जियाले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी छन् ।

दुई दिन अघि नेपाल आएकी जियाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटेकी हुन् । सो अवसरमा नेपाल र अमेरिकीबीचको सम्बन्ध तथा द्विपक्षीय हितको बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदनसँगै नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५औं वर्षगाँठ मनाइरहँदा जियाको नेपाल भ्रमण भएको हो ।

तिब्बत मामिलासम्बन्धि विशेष संयोजक समेत रहेकी जिया भारत भ्रमण सकेर नेपाल आएकी हुन्। भारतमा रहँदा उनले दलाई लामासँगसमेत भेट गरेकी थिइन्।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ११ : ३६ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ