७०५ पालिकाको नतिजा सार्वजनिक : कुन दलले कति जिते ?  « Khabarhub

७०५ पालिकाको नतिजा सार्वजनिक : कुन दलले कति जिते ? 


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले हालसम्म ७०५ पालिकाको मतगणना सम्पन्न भएको जनाएको छ ।

आयोगले गत वैशाख ३० गते एकसाथ देशका ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । निर्वाचन भएकामध्ये ४८ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ ।

हालसम्म मतपरिणाम सकिएका पालिकामध्ये सबैभन्दा बढीको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । त्यसपछि ठूलो संख्यामा क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उम्मेदवार विजयी बनेका छन् ।

आयोगका अनुसार कांग्रेसले हालसम्म ३११ पालिकाको प्रमुख तथा अध्यक्ष जितीसकेको छ भने मतगणना भइरहेकामध्ये १४ पालिकामा अग्रता लिइरहेको छ ।

यस्तै, एमालेले हालसम्म १९० पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना भइरहेका पालिकामध्ये १६ वटाको प्रमुख तथा अध्यक्षमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

माओवादीका उम्मेदवार १२० वटा पालिकाको प्रमुख तथा अध्यक्ष पदमा विजयी बनिसकेका छन् भने २ पालिकामा अग्रता लिइरहेका छन् ।

जनता समाजवादी पार्टी, नेपालले हालसम्म २७ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना चलिरहेकामध्ये ३ पालिकामा जनता समाजवादी पार्टीको उम्मेदवारले अग्रता लिएका छन् ।

नेकपा (एकीकृत समाजवादी)ले १७ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना भइरहेका पालिकामध्ये दुई वटामा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

तोकतान्त्रिक समाजवादी पार्टी, नेपालले हालसम्म १२ पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् भने ५ वटामा अग्रता लिइरहेका छन् ।

आयोगका अनुसार हालसम्म २८ पालिकाको प्रमुख तथा अध्यक्ष पद अन्य दल तथा स्वतन्त्र उम्मेदवारले जितेका छन् । मतगणना भइरहेकामध्ये तीन पालिकामा अझै स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ११ : ४८ बजे

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौं – जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको