बाराका १४ पालिकामा कसले जिते ? | Khabarhub Khabarhub

बाराका १४ पालिकामा कसले जिते ?


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – १६ वटा स्थानीय तह रहेको बारा जिल्लाका १४ स्थानीय तहको मत गणना सकिएको छ । मतगणनाअनुसार हालसम्ममा एमालेले चार, कांग्रेसले चार, लोसपाले दुई, जसपाले दुई, माओवादी केन्द्र एक र विवेकशील साझाले एक पालिकामा जित हासिल गरेको छ ।

कलैया उपमहानगरपालिकामा एमालेका विनोदप्रसाद साह २४ हजार १७४ मत ल्याई नगरप्रमुख पदमा विजयी भएका छन् भने निजगढ नगरपालिकामा एमालेका सुरथ पुरीले ९ हजार ४७५ मत ल्याई नगरप्रमुख पदमा विजयी भएका छन् । परवानीपुर गाउँपालिकामा एमालेका रामक्षत्री प्रसाद कुर्मीले २ हजार ९१७ र प्रसौनी गाउँपालिका एमालेकै विनोदप्रसाद जैसवालले ४ हजार ४८८ मत प्राप्त गरी गाउँपालिकाको प्रमुखमा विजयी भएका हुन् ।

२०७४ को निर्वाचनमा दुई पालिकामा जित हासिल गरेको एमालेले बारामा हालसम्ममा चार पालिकामा जित हासिल गरेको हो । यसअघि एमालेले जित हासिल गरेको कोल्हवी र जितपुरसिमरा उपमहानगरपालिका दुवै पालिका भने गुमाएको छ ।

कोल्हवी नगरपालिकामा नेपाली कांग्रेसका रामप्रसाद चौधरीले ९ हजार १०५ मत प्राप्त गरी विजयी भएका छन् भने का‌ंग्रसकै राजेशप्रसाद यादवले ५ हजार ३५१ मत ल्याई सुवर्ण गाउँपालिकामा विजयी भएका छन् । महागढीमाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उपेन्द्रप्रसाद यादव (उपन यादव) दोहोरिएका छन् । निवर्तमान मेयरसमेत रहेका यादवले ८ हजार ६७० मत ल्याएर विजयी भएका हुन् ।

यता बाराको आदर्श कोत्वाल गाउँपालिकाकमा समेत कांग्रेसले जित हासिल गरेको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जवाहर साह विजयी भएका छन् । उनले ४ हजार ८७ मत प्राप्त गरी विजयी भएका हुन् । २०७४ को निर्वाचनमा ६ पालिकामा जित हासिल गरेको का‌ंग्रेसले बारामा हाल सम्ममा चार पालिकामा जित हासिल गरेको हो । यसअघि कांग्रेसले जित हासिल गरेको कलैया उपमहानगरपालिसहित निजगढ, सिम्रौनगढ र करैयामाई भने हालसम्ममा गुमाइसकेको छ ।

यस्तै जनता समाजवादी पार्टी, नेपालले दुई गाउँपालिकामा जित हात पारेको छ । जसपाले देवताल गाउँपालिकाको अध्यक्षमा उदय प्रसाद यादवले ४ हजार १७६ मत र करैयामाई गाउँपालिकामा शम्भुप्रसाद यादवले ५ हजार ५९८ मतले विजयी हासिल गरेका छन् । यसअघि करैयामाईमा नेपाली कांग्रेसले र देवतालमा राष्टिय जनता पार्टी, नेपालले जित हासिल गरेको थियो ।

 विश्रामपुर गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका जुल्फकार अली भुटोले ४ हजार ३१७ मत र सिम्रौनगढ नगरपालिकामा किशाेरीप्रसाद कलवारले ११ हजार १३७ मतसहित विजयी भएका छन् ।

यसअघि सिम्रौनगढमा नेपाली कांग्रेसले जित हासिल गरेको थियो । जितपुरसिमरा उपमहानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का राजन पौडेलले १८ हजार ७४३ मतसहित जित हात पारेका छन् । उनको जितसँगै बारामा माओवादी केन्द्रले खाता खोलेको छ । यसअघिको निर्वाचनमा माओवादी केन्द्रले कुनै पनि पालिकाको प्रमुखमा जित हासिल गर्न सकेको थिएन ।

बारामा विवेकशील साझा पार्टीले खाता खोलेको छ । फेटा गाउँपालिकामा विवेकशीलका रुस्तम अन्सारीले ४ हजार ४८५ प्राप्त गरी विजयी भएका हुन्। अन्सारीलाई नेपाली कांग्रेसले टिकट नदिएपछि उनी विवेकशील प्रवेश गरी निर्वाचनमा होमिएका थिए । यसअघि फेटा गाउँपालिकामा संघीय समाजवादी फोरम, नेपालले जित हात पारेको थियो ।

हालसम्म पनि पचरौता नगरपालिका र बारागढी गाउँपालिकाको भने मतगणना भइरहेको निर्वाचित भएको जिल्ला निर्वाचन प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  १ : ०० बजे

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११