व्यास नगरको मेयर र उपमेयरमा कांग्रेसको अग्रता  « Khabarhub

व्यास नगरको मेयर र उपमेयरमा कांग्रेसको अग्रता 


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- व्यास नगरपालिकामा बुधबार साँझदेखि थालिएको मतगणना  हालसम्म जारी छ । कूल खसेको तीस हजार २४७ मतमध्ये चौबीस हजार १८७ मतगणना भएको छ । मत गणनामा शनिबार दिउँसोसम्म स्वतन्त्र उम्मेदवारले अग्रता कायम गर्दै आए पनि साँझदेखि नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ ।

आइतबार बिहानसम्मको मतपरिणाम अनुसार कांग्रेसका बैकुण्ठ न्यौपानेले नौ हजार ८२२ र स्वतन्त्र उम्मेदवार दीपकराज जोशी नौ हजार ६०६ मत पाएका छन्। कांग्रेस २१७ मतले अग्रस्थानमा रहेको छ । त्यसैगरी उपमेयरमा कांग्रेसकी इन्दिरा दरैले दश हजार ९१३ र एमालेकी बसुन्धरा घर्तीले आठ हजार तीन सय सात मत पाएकी छन् ।

चौध वटा वडा रहेको यस नगरपालिकामा अब कूल छ हजार ६० मतगणना गर्न बाँकी छ । सोमबार बिहानसम्म सबै नतिजा सार्वजनिक गर्ने लक्ष्य रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  १२ : ४५ बजे

इरानका विषयमा इस्लामिक देशहरू किन विभाजित छन् ?

तेहरान– इरानलाई लिएर इस्लामिक देशहरूबीच देखिएको गहिरो विभाजनको पछाडि धार्मिकभन्दा

झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी– झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ