व्यास नगरको मेयर र उपमेयरमा कांग्रेसको अग्रता  « Khabarhub

व्यास नगरको मेयर र उपमेयरमा कांग्रेसको अग्रता 


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- व्यास नगरपालिकामा बुधबार साँझदेखि थालिएको मतगणना  हालसम्म जारी छ । कूल खसेको तीस हजार २४७ मतमध्ये चौबीस हजार १८७ मतगणना भएको छ । मत गणनामा शनिबार दिउँसोसम्म स्वतन्त्र उम्मेदवारले अग्रता कायम गर्दै आए पनि साँझदेखि नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ ।

आइतबार बिहानसम्मको मतपरिणाम अनुसार कांग्रेसका बैकुण्ठ न्यौपानेले नौ हजार ८२२ र स्वतन्त्र उम्मेदवार दीपकराज जोशी नौ हजार ६०६ मत पाएका छन्। कांग्रेस २१७ मतले अग्रस्थानमा रहेको छ । त्यसैगरी उपमेयरमा कांग्रेसकी इन्दिरा दरैले दश हजार ९१३ र एमालेकी बसुन्धरा घर्तीले आठ हजार तीन सय सात मत पाएकी छन् ।

चौध वटा वडा रहेको यस नगरपालिकामा अब कूल छ हजार ६० मतगणना गर्न बाँकी छ । सोमबार बिहानसम्म सबै नतिजा सार्वजनिक गर्ने लक्ष्य रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  १२ : ४५ बजे

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर

संसदीय दलको नेता चयनप्रति असन्तुष्टि जनाउँदै एमाले युवाहरूद्वारा विरोध प्रदर्शन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्बद्ध युवाहरूले पार्टी नेतृत्वप्रति