केजीएफ निर्देशकको फिल्ममा जुनिएर एन्टीआर « Khabarhub

केजीएफ निर्देशकको फिल्ममा जुनिएर एन्टीआर


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कन्नडा फिल्मलाई चिनाउने फिल्म बन्यो  ‘केजीएफ’ । फिल्मका हिरो यश मात्र स्टार बनेनन् निर्देशक प्रशान्त नीलको पनि उत्तिकै चर्चा छ ।

यद्यपि प्रशान्तको चर्चा भने केजीएफको सिक्वेल प्रदर्शनमा आएपछि बढेको हो । केजीएफको सफलता पश्चात बढेको हाइपलाई बक्सअफिसमा परिणत गर्न निर्देशक प्रशान्त सफल रहेपछि उनलाई फिल्मको अफर दिनेहरू बढेका छन् । निर्देशक प्रशान्तले फिल्मलाई दर्शकको अपेक्षा अनुसार नै बढाउन सफल भएका छन् । यसैले गर्दा पनि प्रशान्तको फिल्म प्रतीक्षित बनिरहेका छन् । उनको नेक्स्ट फिल्म  ‘सलार’ को हाइप झनै बढ्दो छ । छायांकनमा व्यस्त रहेका निर्देशक प्रशान्तले जुनिएर एन्टीआरसँग फिल्म गर्ने भएका छन् ।

जुनिएर एन्टीआरले एसएस राजामौलीको फिल्म ‘आरआरआर’ को कारण प्रशान्तलाई प्रोजेक्ट ढिलाई गर्न आग्रह गरेका थिए । जुनीएर एन्टीआर अभिनीत ३१ औँ फिल्मलाई प्रशान्तले निर्देशन गर्नेछन् । फिल्म केजीएफ र सलार झैँ डार्क एक्सन हुनेछ । प्रशान्त डार्क एक्सन फिल्म बनाउन माहिर छन् । फिल्ममा कमल हसनलाई समेत अफर गरिएको छ । एन्टागोनिस्ट क्यारेक्टरको लागि गरिएको अफरका कारण कमलले प्रतिक्रिया दिइसकेका छैनन् । यद्यपि अहिलेको समयमा उनले प्रशान्त जस्तो निर्देशकलाई नो भन्ने अवस्था पनि छैन ।

 भारतीय मिडियाका अनुसार प्रशान्तले यो फिल्म निर्देशनको लागि ५० करोडको पारिश्रमिक लिएका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  २ : ०१ बजे

प्रधानमन्त्री शाहसँग भेटपछि चिनियाँ राजदूतले भने : दुई देशबीचको रणनीतिक साझेदारी अझ सुदृढ हुनेछ

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले प्रधानमन्त्री वालेन्द्र शाहसँग

प्रधानमन्त्री कपमा मधेस प्रदेश विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस

लेबनानमा मलामीमाथि इजरायली आक्रमण, कम्तीमा १० जना मारिए

लेबनान- अमेरिका-इरान युद्धविराम भए पनि इजरायलले लेबनानमाथि आक्रमण रोकेको छैन।

‘कमेडी दरबार’: हिमेश-उत्सव निक्लिए, सन्तोष-जिम्बा थपिए

काठमाडौं – बिक्की अग्रवालको ‘कमेडी दरबार’ तेस्रो सिजनमा आइपुग्दा जज