सलमानको फिल्मबाट निस्किए आयुष  « Khabarhub

सलमानको फिल्मबाट निस्किए आयुष 


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडमा अभिनेता सलमान खानले  ‘कभी इद कभी दिवाली’ फिल्मको छायांकन सुरु गरिसकेका छन् ।

 फिल्ममा उनको को-स्टार छिन् पूजा हेग्डे । फिल्ममा सलमानसँगै उनका ज्वाईं आयुष शर्मा आउने खबर थियो । यद्यपि अब त्यसो नहुने भएको छ । केही क्रिएटिभ डिफरेन्सेसका कारण आयुष प्रोजेक्टबाट अलग भएका छन् । फिल्मका एक सदस्यले बलिउड हंगामालाई फिल्ममा आयुष नहुने बताएका छन् । 

‘आयुष’ ले आफ्नो केही छायांकन समेत सकाएका थिए । उनले दिनभर जसो छायांकन गरे । यद्यपि प्रोडक्सन हाउससँग केही मत भिन्नताका कारण उनले प्रोजेक्टमा नरहने निर्णय लिएका छन्’ ती सदस्यले बलिउड हंगामालाई भनेका छन् । आयुषको करियरमा सलमानको सहयोग रहँदै आएको छ । लभ यात्री , अन्तिम लगायतका फिल्महरू सलमानले आयुषको लग निर्माण गरिदिएका हुन् । 

फिल्मको मुम्बईमा भव्य सेट लगाएर फिल्मको छायांकन भइरहेको छ । फिल्मको छायांकन सेटबाट सलमानले केही दिन अगाडि आफ्नो लुक्सको बारेमा फ्यानहरूलाई जानकारी दिएका छन् । फिल्ममा उनको लामो कपाल हुनेछ । उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको तस्बिरमा लामो कपालमा कालो चस्मा सहित कालै कपडामा छन् । फिल्ममा उनलाई एक्सन र कमेडी सहित रोमान्टिक अवतारमा देख्न पाइने छ । 

फिल्मको निर्देशन फरहाद सामजीले गरिरहेका छन् । केही समय अगाडि फिल्मलाई सलमान आफैँले निर्देशन गर्न सक्ने चर्चा पनि चलेको थियो । यद्यपि सलमानले अभिनयमै फोकस गर्ने योजना बनाए ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  १ : ३८ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी