बरहथवा नगरपालिकाको गणना अन्तिम चरणमा, मेयर र उपमेयरमा एमालेको अग्रता कायमै  | Khabarhub Khabarhub

बरहथवा नगरपालिकाको गणना अन्तिम चरणमा, मेयर र उपमेयरमा एमालेको अग्रता कायमै 


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्लाहीका २० पालिका मध्ये १९ पालिकाको नतिजा आइसकेको छ भने नतिजा आउन बाँकी बरहथवा नगरपालिकाको गणना चलिरहेको छ । 

२० पालिका मध्ये कांग्रेस १२, नेकपा माओवादी केन्द्र ४, जसपा २ र लोसपाले १ पालिकामा विजयी हासिल गरेको छ । गणना चलिरहेको बरहथवा नगरपालिकामा नेकपा एमालेकी उम्मेदवार कल्पना कटवालले जित्ने सम्भावना बढी छ । सर्लाहीमा नेकपा एमालेले जितेको पालिका गुमाउँदो बरहथवामा जित निकाल्ने निश्चित छ । वडा नम्बर १७ मा ३ जेठमा भएको पुनः मतदान भएका कारण परिणाम आउन ढिला भएको हो । गत ३ गते बेलुकीदेखि बरहथवा नगरपालिकाकै भवनमा मतगणना जारी छ ।

हालसम्मको मतगणनाअनुसार बरहथवा नगरपालिकाको मेयरमा नेकपा एमालेकी उम्मेदवार कल्पना कुमारी कटवालको अग्रता कायमै छ । उनले १० हजार ४ सय २३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका विगु प्रसाद चौधरीलाई ५ हजार ४ सय ६४, नेकपा माओवादी केन्द्रका देवानन्द महतोलाई ५ हजार ५ सय ४९, जसपाका जय प्रकाश रायलाई २ हजार ९ सय ८८ र लोसपाका प्रमोद कुमार रौनियारले १ हजार ४ सय २० मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेकपा एमालेका रामबाबु प्रसाद शाहलाई ८ हजार ८ सय ३५, नेपाली कांग्रेसकी गंगा दाहाललाई ६ हजार २ सय ८४, नेकपा माओवादी केन्द्रकी सिता देवी माझीलाई ५ हजार ३ सय ३९, जसपाका मिरा सिंह कोइरीलाई ३ हजार ४ सय ३१ मत र लोसपाकी प्रेम शिला सिंहलाई १ हजार ५ सय ९८ मत प्राप्त भएको छ ।

गत ३ गते बेलुकी देखि बरहथवा नगरपालिकाकै भवनमा मतगणना भइरहेको छ । जस अन्तर्गत वडा नम्बर १ मा लोसपाका राकेश सहनी १ हजार २ सय ३२ मत, वडा नम्बर २ मा चेत बहादुर राउत ८ सय १५, वडा नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार नन्दकिशोर महतो ७ सय ६२ मत, वडा नम्बर ४ मा नेकपा एमालेका कृष्ण कुमार शाह ३ सय ४ मत, वडा नम्बर ५ मा नेपाली कांग्रेसका शिव कुमार सिंह कोइरी ८ सय ३१ मत, वडा नम्बर ६ मा नेपाली कांग्रेसका मोहम्मद अफताब आलम ५ सय ९६ मत, वडा नम्बर ८ मा नेकपा एमालेका राज किशोर महतो ५ सय ४३ मत, वडा नम्बर ११ मा नेपाली कांग्रेसका नवराज राई ५ सय ९२ मत , वडा नम्बर १२ मा नेपाली कांग्रेसका रामजी राय यादव ४ सय ७२ मत, वडा नम्बर १३ मा नेकपा एमालेका राजगिर दर्जी ४ सय ७७ मत, वडा नम्बर १४ मा जसपाका दिपेन्द्र प्रसाद यादव ३ सय ६८ मत, वडा नम्बर १५ मा नेकपा एमालेका राम बहादुर चौधरी ६ सय ९५ मत , वडा नम्बर १६ मा नेकपा एमालेका लक्ष्मी नारायण महतो ८ सय ६०, वडा नम्बर १७ मा जसपाका राम विश्वास राय ७ सय ५१ मत र वडा नम्बर १८ मा नेकपा एमालेका अरविन्द कुमार यादव ३ सय २७ मत ल्याउँदै निर्वाचित भइसकेका छन् । 

वडा नम्बर ७, ९ र १० को गणना हुँदैछ ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  १ : १० बजे

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास