बरहथवा नगरपालिकाको गणना अन्तिम चरणमा, मेयर र उपमेयरमा एमालेको अग्रता कायमै  « Khabarhub

बरहथवा नगरपालिकाको गणना अन्तिम चरणमा, मेयर र उपमेयरमा एमालेको अग्रता कायमै 


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्लाहीका २० पालिका मध्ये १९ पालिकाको नतिजा आइसकेको छ भने नतिजा आउन बाँकी बरहथवा नगरपालिकाको गणना चलिरहेको छ । 

२० पालिका मध्ये कांग्रेस १२, नेकपा माओवादी केन्द्र ४, जसपा २ र लोसपाले १ पालिकामा विजयी हासिल गरेको छ । गणना चलिरहेको बरहथवा नगरपालिकामा नेकपा एमालेकी उम्मेदवार कल्पना कटवालले जित्ने सम्भावना बढी छ । सर्लाहीमा नेकपा एमालेले जितेको पालिका गुमाउँदो बरहथवामा जित निकाल्ने निश्चित छ । वडा नम्बर १७ मा ३ जेठमा भएको पुनः मतदान भएका कारण परिणाम आउन ढिला भएको हो । गत ३ गते बेलुकीदेखि बरहथवा नगरपालिकाकै भवनमा मतगणना जारी छ ।

हालसम्मको मतगणनाअनुसार बरहथवा नगरपालिकाको मेयरमा नेकपा एमालेकी उम्मेदवार कल्पना कुमारी कटवालको अग्रता कायमै छ । उनले १० हजार ४ सय २३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका विगु प्रसाद चौधरीलाई ५ हजार ४ सय ६४, नेकपा माओवादी केन्द्रका देवानन्द महतोलाई ५ हजार ५ सय ४९, जसपाका जय प्रकाश रायलाई २ हजार ९ सय ८८ र लोसपाका प्रमोद कुमार रौनियारले १ हजार ४ सय २० मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेकपा एमालेका रामबाबु प्रसाद शाहलाई ८ हजार ८ सय ३५, नेपाली कांग्रेसकी गंगा दाहाललाई ६ हजार २ सय ८४, नेकपा माओवादी केन्द्रकी सिता देवी माझीलाई ५ हजार ३ सय ३९, जसपाका मिरा सिंह कोइरीलाई ३ हजार ४ सय ३१ मत र लोसपाकी प्रेम शिला सिंहलाई १ हजार ५ सय ९८ मत प्राप्त भएको छ ।

गत ३ गते बेलुकी देखि बरहथवा नगरपालिकाकै भवनमा मतगणना भइरहेको छ । जस अन्तर्गत वडा नम्बर १ मा लोसपाका राकेश सहनी १ हजार २ सय ३२ मत, वडा नम्बर २ मा चेत बहादुर राउत ८ सय १५, वडा नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार नन्दकिशोर महतो ७ सय ६२ मत, वडा नम्बर ४ मा नेकपा एमालेका कृष्ण कुमार शाह ३ सय ४ मत, वडा नम्बर ५ मा नेपाली कांग्रेसका शिव कुमार सिंह कोइरी ८ सय ३१ मत, वडा नम्बर ६ मा नेपाली कांग्रेसका मोहम्मद अफताब आलम ५ सय ९६ मत, वडा नम्बर ८ मा नेकपा एमालेका राज किशोर महतो ५ सय ४३ मत, वडा नम्बर ११ मा नेपाली कांग्रेसका नवराज राई ५ सय ९२ मत , वडा नम्बर १२ मा नेपाली कांग्रेसका रामजी राय यादव ४ सय ७२ मत, वडा नम्बर १३ मा नेकपा एमालेका राजगिर दर्जी ४ सय ७७ मत, वडा नम्बर १४ मा जसपाका दिपेन्द्र प्रसाद यादव ३ सय ६८ मत, वडा नम्बर १५ मा नेकपा एमालेका राम बहादुर चौधरी ६ सय ९५ मत , वडा नम्बर १६ मा नेकपा एमालेका लक्ष्मी नारायण महतो ८ सय ६०, वडा नम्बर १७ मा जसपाका राम विश्वास राय ७ सय ५१ मत र वडा नम्बर १८ मा नेकपा एमालेका अरविन्द कुमार यादव ३ सय २७ मत ल्याउँदै निर्वाचित भइसकेका छन् । 

वडा नम्बर ७, ९ र १० को गणना हुँदैछ ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  १ : १० बजे

दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा भएन, पहाडी क्षेत्रमा भने मनसुन सक्रिय

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही

सांसद शाहीको ठहर- बालेन, रवि र ओलीमा फरक देखिएन 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र

एसइई पूरक परीक्षामा ६४ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को पूरक

मौद्रिक नीतिको वार्षिक समीक्षा, बाह्य क्षेत्र बलियो र मुद्रास्फीति न्यून, कर्जा विस्तार सुस्त

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त 

काठमाडौं– चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका