सप्तरीमा सर्वदलीय पालिका सरकार, पाँच स्थानमा कांग्रेस विजयी | Khabarhub Khabarhub

सप्तरीमा सर्वदलीय पालिका सरकार, पाँच स्थानमा कांग्रेस विजयी


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीका १८ वटा स्थानीय तह छन् । जसमध्ये ९ वटा नगरपालिका र ९ वटा गाउँपालिका रहेका छन् ।

२०७९ साल वैशाख ३० गते भएको स्थानीय तहकोको चुनावमा सप्तरीका जनताले सर्वदलीय पालिका सरकार बनाएका छन् । राष्ट्रिय मान्यता पाएका दल सहित भर्खरै पार्टी खोलेका  जनमतलाई पनि समावेश गराएका छन् । सप्तरीको सप्तकोसी नगरपालिका, कंचनरुप नगरपालिका, सुरुङ्गा नगरपालिका, तिरहुत गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिकामा गरी पाँच स्थानीय तहमा नेपाली कांग्रेस विजयी भएका छन् ।

राजविराज नगरपालिका, विष्णुपुर गाउँपालिका, बोदेबरसाइन नगरपालिका गरी तीन स्थानीय तहमा जनता समाजवादी पार्टी विजयी भएका छन् । रुपनी गाउँपालिका, र छिन्नमस्ता गाउँपालिका गरी तीन स्थानीय तहमा लोकतान्त्रिक समाजवादी पार्टी विजय भएका छन् । डाक्नेश्वरी गाउँपालिका, अग्निसाइर कृष्णासवरण गाउँपालिका, राजगढ गाउँपालिका गरी तीन स्थानीय तहमा नेकपा एमाले विजयी भएका छन् । हनुमाननगर कंकालिनी नगरपालिका, बलानबिहुल गाउँपालिका गरी दुई पालिकामा जनमत पार्टी विजयी भएका छन् । 

त्यसै गरी खड्क नगरपालिकामा माओवादी केन्द्र, शम्भुनाथमा नगरपालिकामा नेकपा कम्युनिस्ट पार्टी एकीकृत समाजवादी विजय भएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ५ : ४७ बजे

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

कञ्चनपुर– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक