भ्युटावरको टुप्पोमा धान चामल नफल्ने भएपनि छुट्टै महत्व रहेको छ : अध्यक्ष ओली « Khabarhub

भ्युटावरको टुप्पोमा धान चामल नफल्ने भएपनि छुट्टै महत्व रहेको छ : अध्यक्ष ओली


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओलीले भ्युटावरको छुट्टै महत्व रहेको बताएका छन्। 

आइतबार काठमाडौँमा कवि मिना श्रेष्ठको कविता संग्रह ‘फर्गेट एस्टर्डे’ विमोचन गर्दै अध्यक्ष ओलीले भ्युटावरको टुप्पोमा धान चामल नफल्ने भएपनि छुट्टै महत्व रहेको बताएका हुन्। 

एउटा दलको घोषणापत्रमा नै भ्युटावर नबनाउने घोषणा गरेको भन्दै ओलीले विश्वमा नै भ्युटावरको छुट्टै महत्व रहेका पुष्टि भएको जिकिर गरे । त्यस्तै अध्यक्ष ओलीले नेपालीहरू जातैले कवि भएको भन्दै हरेक नेपालीको नामको पछाडि ’कवि’ लेखिदिए हुने धारणा राखे। 

काव्यको रचना‚ छन्दको रचना धेरै पहिलादेखि नै नेपालकै भूमिमा हुने गरेको सुन्दा खुसी लाग्ने उनको भनाइ छ । ओलीले हतियारको बाण भन्दा शब्दको बाणमा धेरै गहिराइ हुने भएकाले कविता, मुक्तकहरूको छुट्टै अर्थ रहेको बताए। 

त्यस्तै उनले कवित्व भन्ने भाव यस धर्तीमा हजारौं वर्षअघि नै रहेको पनि बताए। 

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ६ : २६ बजे

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर