भ्युटावरको टुप्पोमा धान चामल नफल्ने भएपनि छुट्टै महत्व रहेको छ : अध्यक्ष ओली | Khabarhub Khabarhub

भ्युटावरको टुप्पोमा धान चामल नफल्ने भएपनि छुट्टै महत्व रहेको छ : अध्यक्ष ओली


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओलीले भ्युटावरको छुट्टै महत्व रहेको बताएका छन्। 

आइतबार काठमाडौँमा कवि मिना श्रेष्ठको कविता संग्रह ‘फर्गेट एस्टर्डे’ विमोचन गर्दै अध्यक्ष ओलीले भ्युटावरको टुप्पोमा धान चामल नफल्ने भएपनि छुट्टै महत्व रहेको बताएका हुन्। 

एउटा दलको घोषणापत्रमा नै भ्युटावर नबनाउने घोषणा गरेको भन्दै ओलीले विश्वमा नै भ्युटावरको छुट्टै महत्व रहेका पुष्टि भएको जिकिर गरे । त्यस्तै अध्यक्ष ओलीले नेपालीहरू जातैले कवि भएको भन्दै हरेक नेपालीको नामको पछाडि ’कवि’ लेखिदिए हुने धारणा राखे। 

काव्यको रचना‚ छन्दको रचना धेरै पहिलादेखि नै नेपालकै भूमिमा हुने गरेको सुन्दा खुसी लाग्ने उनको भनाइ छ । ओलीले हतियारको बाण भन्दा शब्दको बाणमा धेरै गहिराइ हुने भएकाले कविता, मुक्तकहरूको छुट्टै अर्थ रहेको बताए। 

त्यस्तै उनले कवित्व भन्ने भाव यस धर्तीमा हजारौं वर्षअघि नै रहेको पनि बताए। 

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ६ : २६ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र