जेलमा रहेका रेशम चौधरीको पार्टी बन्यो कैलालीको ठूलो | Khabarhub Khabarhub

जेलमा रहेका रेशम चौधरीको पार्टी बन्यो कैलालीको ठूलो


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – निलम्बित सांसद रेशम चौधरीको रिहासँगै उत्पीडित समुदायको अधिकार प्राप्तिका लागि भन्दै गठित नागरिक उन्मुक्ति पार्टी कैलालीमा पहिलो दल भएपछि चर्चाको विषय बनेको छ ।

गएको १९ पुसमा पार्टी दर्ता भएको हो । दर्ता भएको चार महिनापछि निर्वाचनमा जाँदा पार्टी कैलालीमा पहिलो बन्‍न सफल भएको हो । पार्टी गठबन्धनको योजनाकार रेशम भने जेलमै छन् । ७ भदौ २०७२ मा भएको टीकापुर घटनामा उनी अदालतबाट दोषी ठहरिएका छन् ।

जेलमै रहेर समर्थकहरूलाई पार्टी दर्ता गरी निर्वाचनमा जान सुझाएका चौधरीको पार्टी अन्ततः स्थापित राजनीतिक दलहरूलाई पछि पार्दै पहिलो बनेपछि चर्चामा आएको छ । पार्टी केन्द्रीय सदस्य योगेन्द्र तामाङले निर्वाचनमार्फत पार्टीलाई कैलालीका जनताले रुचाएको प्रतिक्रिया दिएका छन् ।

निर्वाचन आयोगले जनाएअनुसार ७५ वर्षे इतिहास बोकेको स्थापित दल नेपाली कांग्रेसलाई पछि पार्दै नागरिक उन्मुक्ति पार्टी पहिलो बनेको हो । जिल्लाको १३ स्थानीय तहमध्ये उक्त पार्टीले सर्वाधिक ४ स्थानीय तहमा निर्वाचन जितेको छ ।

कांग्रेसले ३, एमाले र माओवादीले समान २ र नेकपा एकीकृत समाजवादी पार्टीले १ स्थानीय तह जितेको छ । निर्वाचन आयोगले अद्यावधिक गरेको विवरणलाई आधार मान्दा नागरिक उन्मुक्ति पार्टीले जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका र भजनी नगरपालिका जितेको हो ।

कांग्रेसले कैलारी गाउँपालिका, गोदावरी र लम्की चुहा नगरपालिका तथा एमालेले चुरे गाउँपालिका र बर्दगोरीय गाउँपालिकामा निर्वाचन जितेको आयोगले जनाएको छ । आयोगका अनुसार माओवादीले गौरीगंगा नगरपालिका र मोहन्याल गाउँपालिका तथा एकीकृत समाजवादीले घोडाघोडी नगरपालिकामा निर्वाचन जितेका हुन् । धनगढी उपमहानगरपालिका भने स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ६ : ३४ बजे

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनितिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक

बालुवाटारमा ८ नेताको बैठक : शिक्षा विधेयकदेखि हाइड्रो व्यवसायीको गुनासोसम्म छलफल

काठमाडौं– सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्षनेताहरुबीच

‘ट्राभल एडभाइजरी’ जारी गर्दै परराष्ट्रले भन्यो : इजरायल र इरानमा भ्रमण नगर्नू

काठमाडाैं – नेपाल सरकारले आवश्यक नभएसम्म इजरायल र इरानमा यात्रा

गण्डकी प्रदेशस्तरीय क्रिकेट : घरेलु टोली कास्कीको लगातार दोस्रो जित

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा जारी गण्डकी प्रदेशस्तरीय पुरुष

भारतीय विमान दुर्घटनामा ज्यान गुमाएका २०० भन्दा बढीको सनाखत

अहमदाबाद – एयर इन्डियाको विमान दुर्घटनामा परी ज्यान गुमाएका कम्तीमा