पोखरा महानगर : वडाध्यक्षमा कांग्रेसको बहुमत, बाँकी रहेकामा पनि कांग्रेसकै अग्रता | Khabarhub Khabarhub

पोखरा महानगर : वडाध्यक्षमा कांग्रेसको बहुमत, बाँकी रहेकामा पनि कांग्रेसकै अग्रता


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरा महानगरपालिकाको वडाध्यक्षमा नेपाली कांग्रेसले बहुमतसहित जित निकालेको छ ।

हालसम्म गणना भएका २४ वडाहरूमध्ये १८ वडामा कांग्रेस उम्मेदवार विजयी भएका छन् । यसअघि २०७४ को चुनावमा ११ वडा मात्रै जितेको कांग्रेसले यो चुनावमा १७ वडा जितिसकेको छ ।

वडा नम्बर २, ३, ४, ७, ९, १०, १२, १३, १४, १६, २३, २४, २५, २६, २७, २८ र ३० मा कांग्रेसले जित हात पारिसकेको छ । एमालेले १, ५, ६, ८, १५ र २९ नम्बर वडामा जितेको छ । अहिले कांग्रेसले जितेका ७, १३, १४, १६, २४, ४५, २६, २८ र ३० मा यसअघि एमालेले जितेको थियो । अहिले एमालेले जितेको वडा नम्बर ६ मा यसअघि कांग्रेसले जितेको थियो ।

पोखरामा ३३ वडा छन् । अहिले गणना भइरहेका अधिकांश वडामा कांग्रेसकै अग्रता छ । ०७४ को चुनावमा पोखराको मेयर र उपमेयर सहित दुई तिहाइ अर्थात् २२ वडा एमालेले जितेको थियो भने ११ वडा कांग्रेसले जितेको थियो । अहिले मेयरमा एमाले पछाडि छ भने उपमेयरमा अग्रता लिएको छ । वडाको अवस्था हेर्दा २०७४ सालको नतिजा उल्टिने अवस्था देखिन्छ ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ७ : १८ बजे

परराष्ट्रमन्त्री राणाले बूढानीलकण्ठस्थित निवासमा भित्र्याइन् गौरा

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले काठमाडौँको बूढानीलकण्ठस्थित आफ्नो

लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन

काठमाडौं – लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको उपचारका क्रममा काठमाडौंमा

ओली र सी जिनपिङबीचको भेटवार्तामा के भयो छलफल ?

बेइजिङ – प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी

राजेन्द्र लिङ्देन भन्छन् : ८४ को निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्छ

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी