निजी क्षेत्रलाई इन्धन आयात गर्न दिने छलफल भइरहेको छ : मन्त्री बडु  « Khabarhub

निजी क्षेत्रलाई इन्धन आयात गर्न दिने छलफल भइरहेको छ : मन्त्री बडु 


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आयात घटाउँदै राष्ट्रिय उत्पादन बढाएर आर्थिक क्षेत्रलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।

आइतबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक स्थायित्व विषयमा गरेको छलफलमा मन्त्री बडूले मुलुकको व्यापार घाटा निकै बढ्दै गएको अवस्थामा आयात घटाउँदै राष्ट्रिय उत्पादन बढाएर आर्थिक क्षेत्रलाई बलियो बनाउनुपर्नेमा जोड दिएका हुन् । उनले अनुभव हुने गरि आर्थिक क्षेत्रको सुधारका लागि आवश्यक कार्यक्रम बनाउनुपर्ने धारणा राखे  ।

उनले पेट्रोलियम पदार्थको विकल्प खोजेर समाधानको उपाय खोज्नुपर्ने भनाई राखे । पेट्रोलियम पदार्थको उपभोग कम गर्नका लागि विद्युत्को प्रयोग नै बढाउनुपर्ने उनको भनाई छ । मन्त्री बडूले निजी क्षेत्रलाई पनि इन्धन आयात गर्न दिने विषयमा छलफल भइरहेको धारणा राखे ।
त्यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप बढाउन नभएर उपभोग घटाउन ब्याजदर बढाइएको स्पष्ट पारे ।

अधिकारीले ब्याजदर बढाएपनि उपभोक्ताहरू जतिपनि मूल्य तिर्न तयार रहेको पाइएको उनको जिकिर छ । अधिकारीले अहिलेको विश्व अर्थतन्त्रमा समस्या देखिएकाले नेपालमा पनि त्यसको असर पर्नु सामान्य भएको बताए ।

त्यस्तै महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको मूल्यवृद्धि नियन्त्रणमा राख्न इन्धनमा करको दर घटाउनुपर्ने बताए । उनले विद्युतीय उपकरणको प्रयोग बढाउनुपर्ने, निर्माणाधिन जलविद्युत आयोजना समयमै सम्पन्न गर्नु पर्ने, विद्युतीय सवारी साधनको व्यवस्था गर्नु पर्ने सुझाव दिए ।

महासंघले माटो परीक्षणदेखि कृषि उपजको बजारीकरणसम्मको प्रक्रियामा आमूल परिवर्तन हुने गरी कृषि इकोसिस्टम विकास कार्यक्रम सुरु गर्ने,  प्रत्येक गाउँपालिकामा कम्तीमा एक कृषिबजार र चिस्यान केन्द्र स्थापना गर्नुपर्ने,  शिक्षा र स्वास्थ्यलाई पर्यटनसँग जोड्नुपर्ने लगाएतका सुझाव दिएको छ । त्यस्तै  भारतलक्षित उच्च मूल्य अभिवृद्धि हुन सक्ने योजना ल्याउन निजी सार्वजनिक साझेदारी आवश्यक रहेको महासंघको भनाइ छ ।

 

 

 

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ९ : १५ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको