म्यान्चेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि « Khabarhub

म्यान्चेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- म्यान्चेस्टर सिटीले यो सिजन इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ । घरेलु मैदान इत्तेहाद स्टेडियममा एस्टन भिल्लालाई ३–२ गोलअन्तरले पराजित गर्दै सिटीले उपाधि उचालेको हो ।

पहिलो हाफको ३७ औं मिनेटमा म्याटी क्याशको गोलबाट एस्टन भिल्लाले खेलमा अग्रता लिएको थियो । दोस्रो हाफको ६९ औं मिनेटमा फिलिपे कोटिन्होले गोल गर्दै एस्टन भिल्लाको अग्रता २–० पुर्‍याए ।

तर दोस्रो गोल खाएको सात मिनेटपछि सिटीका इल्काए गुन्डुवानले गोल गर्दै एस्टन भिल्लाको अग्रता २–१ मा झारे । त्यस्तै, त्यसको दुई मिनेटपछि सिटीका रोड्रीले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए ।

तर खेलको ८१ औं मिनेटमा गुन्डुवानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३–२ को जित दिलाए ।

यससँगै सिटीले समग्र ३८ खेलबाट ९३ अंक बटुल्दै यो सिजनको प्रिमियर लिगको उपाधि जितेको छ । दोस्रो भएको लिभरपुलको भने सिटीको भन्दा एक अंक कम छ ।

त्यस्तै यो सिजन सिटी र लिभरपुलसँगै चेल्सी र टोटनह्यामले युएफा च्याम्पियनसिप खेल्ने भएका छन् । यता बर्नली, वाटफर्डनर्विच सिटी पुछारमा रहँदै रेलिगेसनमा परेका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ११ : १० बजे

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक

यूएई र साउदीका सबै उडान अवरुद्ध : रियादको अमेरिकी दूतावासमा आक्रमण

दुबई – इरान र इजरायल–अमेरिका गठबन्धनबीचको सैन्य मुठभेड खाडीका अन्य

तेहरान र बेरुतमा भीषण बमबारी

तेहरान – इजरायली सेनाले इरानको राजधानी तेहरान र लेबनानको बेरुतमा

अमेरिकाले भन्यो- इरानमाथि कडा प्रहार हुन बाँकी छ

तेहरान- इरान र अमेरिकाबीचको तनाव चरम बिन्दुमा पुगेको छ। इरानले

पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल