अष्ट्रेलियाविरुद्दको शृंखला घरेलु टोली श्रीलंकालाई « Khabarhub

अष्ट्रेलियाविरुद्दको शृंखला घरेलु टोली श्रीलंकालाई


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – घरेलु टोली श्रीलंकाले चौँथो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अष्ट्रेलियालाई ४ रनले हराउंदै एक खेल अगावै शृंखला आफ्नो नाममा लेखाएको छ । मंगलबार राति कोलम्बोमा जितसँगै श्रीलंकाले पाँच खेलको शृंखलामा एक खेल अगाबै ३-१ ले जितेको हो । श्रीलंकाले घरेलु भूमिमा २० वर्षपछि अष्ट्रेलियालाई हराएको हो ।

श्रीलंकाले दिएको २५९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५० ओभरमा सबै विकेट गुमाउँदै २५४ रनमा समेटियो । अष्ट्रेलियाका डेभिड वार्नरले सर्वाधिक ९९ रन बनाए । श्रीलंकाका धनन्जय सिल्भा, जेफ्री र चामिका करुनारत्नेले समान २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २५८ रन बनायो । श्रीलंकाका लागि चारिथ असलन्काले सर्वाधिक ११० रन बनाए । यस्तै, धनन्जय डी सिल्भाले ६० रनको योगदान गरे । अष्ट्रेलियाका मिचेल मार्श, म्याथ्यु र पाट कुमिन्सले समान २ विकेट लिए ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ८ : २६ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा