२०२२ को पहिलो तीन महिनामा इरानमा १ सयभन्दा धेरैलाई मृत्युदण्ड « Khabarhub

२०२२ को पहिलो तीन महिनामा इरानमा १ सयभन्दा धेरैलाई मृत्युदण्ड


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इरानले सन् २०२२ को पहिलो तीन महिनामा १०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ । संयुक्त  राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रस्तुत गरेको प्रतिवेदनमा इरानमा ठूलो संख्यामा मानिसहरूलाई मृत्युदण्ड दिइएको जनाइएको हो ।

जेनेभामा राष्ट्रसंघीय मानवअधिकार परिषद्को बैठकलाई सम्बोधन गर्दै राष्ट्रसंघका उप मानवअधिकार प्रमुख नादा अल–नासिफले इरानबारे महासचिव गुटरेसको पछिल्लो प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।  

‘इरानमा सन् २०२० मा २६० जनालाई र गत वर्ष कम्तीमा १४ जना महिलासहित ३१० जनालाई मृत्युदण्ड दिइएको थियो’, अल–नासिफले भनिन् । 

यस वर्ष जनवरी १ र मार्च २० को बीचको अवधिमा मात्र कम्तीमा १०५ जनालाई मृत्युदण्ड दिइएको उनले जानकारी दिइन । मृत्युदण्ड दिइएकामध्ये  धेरै अल्पसंख्यक समूहको रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । गुटरेसको प्रतिवेदनमा लागू औषधसम्बन्धी अपराधलगायत साना अपराधका लागि मृत्युदण्ड दिने क्रम बढेकोमा गहिरो चिन्ता व्यक्त गरिएको  छ ।

मार्च महिनामा मात्रै लागू औषधसम्बन्धी मुद्दामा मृत्युदण्ड सुनाइएका ५२ जनालाई फासी दिन शिराज सहरमा रहेको कुख्यात जेल लगिएको एएफपीले जनाएको छ । यसबाहेक प्रतिवेदनमा नाबालिकहरुलाई पनि मृत्युदण्ड दिइएकोमा समेत इरानको आलोचना गरिएको छ ।

सन् २०२१ को अगस्ट र सन् २०२२ को मे महिनाबीचको समयावधिमा नाबालिग उमेरमा अपराध गरेका दुई जनालाई मृत्युदण्ड दिइसकेको र नाबालिग उमेरमा अपराधमा संलग्न अरु ८५ जनालाई मृत्युदण्डको सजाय सुनाइएको नफिसले बताइन् ।

यद्यपि गत फेब्रुअरी महिनामा नाबालिग उमेरमा अपराधमा संलग्न रही १८ वर्षअघि मृत्युदण्डको सजाय सुनाइएका एकजनालाई मृत्युदण्डको फैसला बदर गर्ने त्यहाँको सर्वोच्च अदालतको फैसला सकारात्मक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १२ : ३० बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने