२०२२ को पहिलो तीन महिनामा इरानमा १ सयभन्दा धेरैलाई मृत्युदण्ड « Khabarhub

२०२२ को पहिलो तीन महिनामा इरानमा १ सयभन्दा धेरैलाई मृत्युदण्ड


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इरानले सन् २०२२ को पहिलो तीन महिनामा १०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ । संयुक्त  राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रस्तुत गरेको प्रतिवेदनमा इरानमा ठूलो संख्यामा मानिसहरूलाई मृत्युदण्ड दिइएको जनाइएको हो ।

जेनेभामा राष्ट्रसंघीय मानवअधिकार परिषद्को बैठकलाई सम्बोधन गर्दै राष्ट्रसंघका उप मानवअधिकार प्रमुख नादा अल–नासिफले इरानबारे महासचिव गुटरेसको पछिल्लो प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।  

‘इरानमा सन् २०२० मा २६० जनालाई र गत वर्ष कम्तीमा १४ जना महिलासहित ३१० जनालाई मृत्युदण्ड दिइएको थियो’, अल–नासिफले भनिन् । 

यस वर्ष जनवरी १ र मार्च २० को बीचको अवधिमा मात्र कम्तीमा १०५ जनालाई मृत्युदण्ड दिइएको उनले जानकारी दिइन । मृत्युदण्ड दिइएकामध्ये  धेरै अल्पसंख्यक समूहको रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । गुटरेसको प्रतिवेदनमा लागू औषधसम्बन्धी अपराधलगायत साना अपराधका लागि मृत्युदण्ड दिने क्रम बढेकोमा गहिरो चिन्ता व्यक्त गरिएको  छ ।

मार्च महिनामा मात्रै लागू औषधसम्बन्धी मुद्दामा मृत्युदण्ड सुनाइएका ५२ जनालाई फासी दिन शिराज सहरमा रहेको कुख्यात जेल लगिएको एएफपीले जनाएको छ । यसबाहेक प्रतिवेदनमा नाबालिकहरुलाई पनि मृत्युदण्ड दिइएकोमा समेत इरानको आलोचना गरिएको छ ।

सन् २०२१ को अगस्ट र सन् २०२२ को मे महिनाबीचको समयावधिमा नाबालिग उमेरमा अपराध गरेका दुई जनालाई मृत्युदण्ड दिइसकेको र नाबालिग उमेरमा अपराधमा संलग्न अरु ८५ जनालाई मृत्युदण्डको सजाय सुनाइएको नफिसले बताइन् ।

यद्यपि गत फेब्रुअरी महिनामा नाबालिग उमेरमा अपराधमा संलग्न रही १८ वर्षअघि मृत्युदण्डको सजाय सुनाइएका एकजनालाई मृत्युदण्डको फैसला बदर गर्ने त्यहाँको सर्वोच्च अदालतको फैसला सकारात्मक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १२ : ३० बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका