राधा थिम पोस्टर : बेपत्ता श्रीमानको खोजीमा सृष्टि « Khabarhub

राधा थिम पोस्टर : बेपत्ता श्रीमानको खोजीमा सृष्टि


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘राधा’ को थिम पोस्टर सार्वजनिक भएको छ । सुवर्ण थापाको निर्देशनमा तयार भएको फिल्ममा शीर्ष पात्रमा सृष्टि श्रेष्ठ छिन् । उनले आफ्नो पतिको खोजी गर्ने कथा नै फिल्म हो । सार्वजानिक पोस्टरले पनि यही तथ्यलाई चित्रण गर्छ । सृष्टि खोजीका लागि यात्रामा रहेको संकेत सार्वजनिक पोस्टरले गर्छ । 

बेपत्ता श्रीमानको खोजीको कथामा बनेको फिल्मको पहिलो पोस्टरमा बच्चा बोकेकी सृष्टिको उदास अनुहारलाई प्रस्तुत गरिएको थियो । पोस्टरबाटै कथा भन्ने प्रयास गरिरहेका सुवर्ण थापाले दोस्रो पोस्टरमा यसका लागि सृष्टि यात्रामा निस्किएको संकेत गरेका छन् । 

सुवर्ण थापाकै लेखन रहेको यो फिल्ममा सौगात मल्ल निर्माताको रुपमा समेत छन् । फिल्ममा सौगातसँगै निश्चल बस्नेत, खगेन्द्र लामिछाने, दयाहाङ राई, दिव्य देव जस्ता अन्य अभिनेता पनि छन् । आफ्नो निर्माणमा डेब्यु रहेको फिल्ममा अन्य अभिनेताले साथ दिँदा सौगात दङ्ग छन् । ‘मलाई कथा मन परेर फिल्म निर्माणमा जोडिएको हुँ । फिल्ममा काम गर्ने भनेर तयार परिएको कथामा आफू परिसकेपछि निर्माता बनेको हुँ’ सौगातले भने । 

सौगातले आफ्नो आग्रहलाई स्विकार्दै स-सानो रोलमा समेत निश्चल, खगेन्द्र र दयाले अभिनय गरिदिएकोमा खुसी छन् । उनले राम्रो कथालाई आर्थिक अभावमा कागजमै थन्किएको देख्न नसक्ने भएकाले निर्माताको रूपमा अगाडि आएको बताए । थिएटर पृष्ठभूमिकामा कलाकारको बाहुल्य रहेको फिल्ममा मेनुका प्रधान, बुद्धि तामाङ आदिको पनि अभिनय देख्न सकिन्छ ।

यसै फिल्म मार्फत निर्माता बनेका सौगातले तीन महिना अन्य फिल्मको कामबाट विश्राम लिँदै ‘राधा’ लाई समय दिने भएका छन् । आफैँ निर्माता भएकाले पनि उनी अन्य फिल्मको काम सारेर ‘राधा’ मा व्यस्त हुँदै छन् ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १ : २३ बजे

भेपमा सुन तस्करी : पूर्वसभामुख महरा र छोरा राहुल मुख्य योजनाकार, कर्मचारीदेखि व्यापारीसम्मलाई मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर

भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना

काठमाडौं– विस्केट जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारी 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

कांग्रेस संसदीय दलको नेता आङ्देम्बे कि आचार्य ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनसँगै प्रतिनिधि सभाले पाँच

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर– प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित