पण्डितले उजुरी दिँदै भने, ‘स्वतन्त्र शब्दकै अपव्याख्या हुने भयो’  « Khabarhub

पण्डितले उजुरी दिँदै भने, ‘स्वतन्त्र शब्दकै अपव्याख्या हुने भयो’ 


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्व सञ्चारकर्मी रवि लामिछानेले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ता गर्न खोजेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । स्वतन्त्र उम्मेदवारी अभियान पश्चात् अन्य स्वतन्त्र उम्मेदवारहरू पनि निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई निवेदन दिएका छन् ।

मनोज पण्डित सहित राजकुमार बजगाईं, पुस्कर शाह लगायतले संयुक्त निवेदन दिँदै रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदन खारेजीको माग गरेका छन् । फिल्म निर्देशक समेत रहेका मनोज पण्डितले ‘स्वतन्त्र पार्टी विरुद्ध स्वतन्त्र उम्मेदवार’ लेखेका छन्। पूर्व सञ्चारकर्मीले आफ्नो पार्टीको नाममा स्वतन्त्र शब्द राखेसँगै स्थानीय तहमा देशैभरि स्वतन्त्र उम्मेदवार दिएका र आसन्न प्रदेश तथा संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका वा स्वतन्त्र उम्मेदवारीको तयारी गरेका वास्तविक स्वतन्त्र व्यक्ति समूह/संस्थालाई गम्भीर आघात पुगेको उल्लेख छ ।

निर्देशक पण्डितले लामिछानेले माग गरेको स्वतन्त्र नाममा आफू जस्ता स्वतन्त्र उम्मेदवारको विमति रहेको उल्लेख गरेका छन्। लामिछानेको पार्टीको नामबाट स्वतन्त्र शब्द हटाउन आग्रह गर्दै दिएको उजुरीमा उल्लेख छ, ‘ स्वतन्त्र शब्दको आफ्नै महत्त्व छ र यसले दलीय भिडबाट फरक बनाउन विशेष अर्थ बोक्छ। स्वतन्त्र शब्द दललाई दिँदा हामी जस्ता स्वतन्त्र उम्मेदवारहरूलाई असहज परिस्थितिको निर्माण हुनेछ । साथै, यसले जनतामा भ्रम गरी स्वतन्त्र शब्दको अपव्याख्या हुने भएकाले उक्त दलको नामको विषयमा निर्णय लिँदा गहन विश्लेषण गर्न अनुरोध छ ।’

लामिछानेको पार्टीलाई स्वतन्त्र उम्मेदवार अभियान, अभियन्ता र देशभरिमा स्थानीय, प्रदेश र संघीय तहमा स्वतन्त्र उम्मेदवार दिने कुनै पनि स्वतन्त्र उम्मेदवारहरूको समर्थन–सहकार्य नरहेकोसमेत उजुरीमा उल्लेख छ । आसन्न प्रतिनिधि सभाको निर्वाचनमा काभ्रेपलाञ्चाेक क्षेत्र नं. १ बाट स्वतन्त्र रूपमा उम्मेदवारी दिएका मनोज पण्डितलगायतले रविविरुद्ध उजुरी दर्ता गराएका हुन् ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  २ : ११ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका