दिया भन्छिन्, ‘दुर्व्यवहार छ, भन्न सकिँदैन’ « Khabarhub

दिया भन्छिन्, ‘दुर्व्यवहार छ, भन्न सकिँदैन’


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केही समय यता आफूले भोग्नु परेको यौन दुर्व्यवहारको समस्यालाई बोल्ने क्रम बढ्दो छ । आधुनिक समाजले पनि के सोच्ला ? भन्ने प्रश्नकै कारण मन भित्र गुम्स्याउन बाध्य भएको आवाजहरू अहिले चर्किएका छन् । यस्तै मध्येकी एक हुन् अभिनेत्री दिया मास्के । उनले आफ्नो जीवनमा घटेको यौन दुर्व्यवहारका घटनाबारे खुलासा गरेकी छन् ।

अभिनेत्री हुँदा हुँदै पनि उनले आफ्नो घटना भन्न नसकेको जनाउँदै एक अन्तरवार्तामा बाल्यकाल र विद्यालय जीवनमा भोगेका दुई घटनादेखि पछिल्लो समेत दुर्व्यवहार भोग्नुपरेको अनुभव बाँडेकी छन् । दियाले दुर्व्यवहारविरुद्ध बोल्न जरुरी रहेको बताउँदै आफ्नो घटना सार्वजनिक गरेको बताएकी हुन् । उनले अन्तर्वार्तामा संसारमा सायदै कोही पनि केटी यौन दुर्व्यवहारमा नपरेका होलान् भनेकी छिन् ।

‘कहीँ ठूलो घटना घटेको छ र कहीँ सानोतिनो । सानो घटनाले पनि केटीलाई मनोवैज्ञानिक रूपमा जिन्दगी भर असर पार्छ’ दियाले भनिन् । उनले ‘जुन त लाग्यो ताराले’ गीतको समयको घटना साटेकी छिन् । उनी त्यो समयमा आठ वर्षको रहेको र आफू सहितको बच्चाहरूको ग्रुप स्कुलमा रहेको बताएकी छिन् । उनले बसमा आफू पनि सुतिरहेको समयमा आफूमाथि दुर्व्यवहार भएको बताइन् ।

‘बसमा हामी खप्टेर सुतिरहेका थियौँ । हाम्रो पिरियड पनि भएको थिएन । ममाथि थिएँ सबभन्दा । मलाई केही असजिलो महसुस भयो । आँखा खुल्यो मेरो । त्यो बसको ड्राइभरले मेरो ब्रेस्ट समाती राख्या थियो । त्यसरी छुँदा त्यो बच्चालाई के रमाइलो भएको होला ? कम्तीमा त्यो मान्छे ३० वर्षको होला’ दियाले भनिन् । उनले आफूलाई आफ्नै स्कुलको एक शिक्षकले चुम्बन गरे पास गर्दिन्छु भनेको पनि सम्झिन्  ।

‘मलाई किस गरे तँलाई पास गर्दिन्छु भन्या छ, म्याथ टिचरले । सिरियस्ली सर, तपाईंलाई अहिले मैँले भेटेँ भने म छोड्नेवाला छैन । तपाईंलाई म एक झापड चाहिँ दिन्छु’ उनले भनिन् । दियाले यी सबकुराहरु बाहिर ल्याउन निकै साहस चाहिएको पनि बताएकी छिन् ।

 उनले यी यस्ता घटनाले मनोवैज्ञानिक रूपमा जीवनभर पछ्याउने समेत बताइन् । उनले यस्ता भोगाइहरू एक वा दुई दशक पश्चात् पनि बाहिर आउने बताइन् ।  ‘दुर्व्यवहार छ हाम्रो समाजमा भन्न सकिँदैन, तर अहिले चाहिँ म भन्न सक्छु’ उनले भनिन् ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ३ : ०३ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका