अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा पनि बढाउनु पर्‍यो : मन्त्री बडु « Khabarhub

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा पनि बढाउनु पर्‍यो : मन्त्री बडु


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएका कारण नेपालमा पनि वृद्धि गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताएका छन्।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे बुधबार राष्ट्रियसभा बैठकलाई जानकारी गराउँदै बडूले प्रशोधित पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढिरहेकाले नेपालमा पनि मूल्यवृद्धि गर्नुपरेको बताए। निगमलाई जेठ मसान्तसम्म करिब रु ५० अर्ब घाटा हुन गएको र इन्डियन आयल कर्पोरेसनलाई बुझाउनुपर्ने रु २२ अर्ब बक्यौता रहेको उनले जानकारी दिए।

उनले निगमको प्रचलित कानुन, नीति तथा पेट्रोलियम पदार्थको बिक्री सम्बन्धी विद्यमान नियमावली अनुरूप नै बिक्री वितरण गरिएको पनि स्पष्ट पारे। कसैलाई नाफा हुने नियतले नभई कानुन र नीतिगत रूपमा नै मूल्य निर्धारण गरी बिक्री गरिएको उनको भनाइ छ।

मन्त्री बडूले नेपालमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति प्रणाली सहज, व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउनका लागि अध्ययन गर्न उच्चस्तरीय अध्ययन कार्यदल गठन गर्ने निर्णय गरिएको बताए।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  २ : ५३ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका