पोखरा महानगरले ४० वर्षमाथिका सबैलाई नि:शुल्क स्वास्थ्य परीक्षण गरिदिने « Khabarhub

पोखरा महानगरले ४० वर्षमाथिका सबैलाई नि:शुल्क स्वास्थ्य परीक्षण गरिदिने


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखराको प्रतिव्यक्ति आय एक हजार ६०५ अमेरिकी डलर छ । यहाँका २८ हजार २१५ व्यावसायिक इकाइबाट एक लाख ४ हजार ४६९ जनाले रोजगारी पाएको तथ्याङ्क निकालिएको छ ।

आर्थिक गतिविधिमा महिलाको प्रतिनिधित्व २६ प्रतिशत छ भने ३१ प्रतिशत महिलाले १८ वर्ष नपुग्दै विवाह गर्ने गरेका छन् । पोखरामा बर्सेनि ५ प्रतिशत सहरीकरण बढ्ने गरेको आँकडा निकालिएको छ । हालसम्म एक हजार ५३५ किलोमिटर सडक सञ्जाल रहेकोमा ४१ प्रतिशत कालोपत्रे र ७ प्रतिशत कङ्क्रिट बाटो छ भने बाँकी कच्ची सडक छन् ।

आगामी वर्षको नीति तथा कार्यक्रममा दिगो र पर्यावरणमैत्री विकास र सामाजिक न्याय एवं सुशासन र प्रविधिलाई जोड दिइएको छ । ५ वर्षभित्र पोखरालाई कम्तीमा दूध, फुल, तरकारी र माछा मासुमा आत्मनिर्भर बनाउने कार्यक्रम ल्याइएको छ ।

पशु उत्पादन बढाएर पशु हाटबजारमार्फत बेच्ने वातावरण निर्माण गर्ने मेयर धनराज आचार्यले बताए । महानगरमा रहेका बेरोजगारलाई रोजगारी प्रदान गर्न महानगर विशेष स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने, महानगरका विकासलाई रोजगारीसँग जोड्ने उनले बताए । हरेक वर्षको पहिलो ६ महिनामा तीन हजार रोजगारी थप गर्ने योजना सहित प्लस टु सकेका विद्यार्थीलाई होटेल म्यानेजमेन्ट लगायत विभिन्न तालिम दिने महानगरले जनाएको छ ।

महानगरका ३३ वटै वडामा कम्तीमा एउटा सहकारी, एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने नीति छ । पोखराको जेठोबुढो चामललाई ब्राण्डिङ गरेर बजार प्रवर्द्धन गर्ने, पोखरामा लगानी सम्मेलन आयोजना गर्ने जनाएको छ ।

पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउनेदेखि प्याराग्लाइडिङको वैकल्पिक सञ्चालनका लागि पहल गर्ने तथा हिमागृह र रत्न मन्दिरलाई व्यावसायिक हिसाबले खुला गर्ने महानगरको नीति छ ।

नगरभित्र व्यवस्थित क्रिकेट खेलमैदान र गल्फकोर्ष निर्माणको सम्भाव्यता अध्ययन गर्ने, आउँदो वर्ष कम्तीमा चार वटा खेलका उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने कार्यक्रम छ । चार वर्षभित्रमा सुविधा सम्पन्न मेट्रो अस्पताल निर्माण र सञ्चालन गर्ने कार्यक्रम पनि पोखराले समेटेको छ ।

विपन्न र न्यून आए भएकालाई जन्मेको दुई वर्षसम्म पोषण भत्ता उपलब्ध गराउने, विवाह र मृत्यु दर्ताबापत प्रोत्साहन भत्ता दिने कार्यक्रम छ । जन्म दर्ता गर्दा ६ महिनासम्म न्यून आय भएका सुत्केरी महिलालाई प्रोत्साहन भत्ता उपलब्ध गराउने कार्यक्रम समेत समावेश गरिएको छ ।

यस्तै, ४० वर्षमाथिका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्य संस्थामा हुने मृत्युको डेथ अडिटको व्यवस्था गर्ने, हरेक वर्ष महानगर पिता र महानगर माता घोषणा गरी सम्मान गर्ने कार्यक्रम बनाइएको छ । पोखराले पूर्वाधारतर्फ विशेष जोड दिएको छ ।

कोत्रेदेखि बिरौटासम्मको सडकलाई मध्य पहाडी लोक मार्ग र सिद्धार्थ राजमार्गको वाइपास तथा पृथ्वी राजमार्गको वैकल्पिक मार्गको रूपमा निर्माण गर्न लागिएको छ । पोखराका प्रमुख चोक, पेट्रोल पम्पहरूमा विद्युतीय चार्जिङ स्टेसन बनाउने, दुई वर्षभित्रमा टेलिफोन र अन्य तार हटाएर भूमिगत रूपमा अप्टिकल फाइवर जडान गर्ने, बिजुलीका तार भूमिगत गर्ने नीति ल्याएको छ । आगामी वर्षभित्र पृथ्वी चोकमा अण्डरपास र फ्लाई ओभरको सम्भाव्यता अध्ययन गर्ने बताइएको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ३ : ३३ बजे

भाइरल बन्न ‘चिप’ शब्द हाल्दा बहिष्कारमा दुर्गेश-प्रियंका

काठमाडौं – एक नाबालिग गायिकाको बालत्कार प्रकरणमा जोडिएपछि बहिष्कारमा परेका

मनिता मृत्यु प्रकरणमा परिवारलाई ३९ लाख क्षतिपूर्ति दिन अदालतको आदेश

काठमाडौं– उपभोक्ता अदालतले प्रसूतिको क्रममा मृत्यु भएका मनिता शर्माको परिवारलाई

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा सरकारले

एनसेल एपमा ‘शेक एन्ड विन’, ग्राहकलाई सर्प्राइज उपहारहरू 

काठमाडौं– एनसेलले एनसेल एपमा आकर्षक ‘शेक एन्ड विन’ अफर सञ्चालनमा ल्याएको छ

विश्वकप फाइनलमा गुरू-शिष्य आमनेसामने, डे ला फुएन्तेसँग फुटबल प्रशिक्षण पढेका थिए स्कालोनीले

काठमाडौं- फिफा विश्वकपको फाइनलमा नेपाली समयअनुसार सोमबार बिहान स्पेन र