सन्धिखर्क नगरपालिकालाई सुझाव : ‘पानी पर्दा हिलो र घाम लागेपछि धुलोबाट मुक्ति पाउँ’ « Khabarhub

सन्धिखर्क नगरपालिकालाई सुझाव : ‘पानी पर्दा हिलो र घाम लागेपछि धुलोबाट मुक्ति पाउँ’


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– ‘मेयर साप पानी परेपछि हिलोका कारण पाइन्ट घुँडासम्म सारेर हिँड्नुपर्ने अनि हिउँद लागेपछि धुलो उडेर बाटोमा हिँड्नै नसक्ने अवस्था हटाउनुपर्‍यो’ सन्धिखर्क नगरपालिकाले आगामी वर्षको बजेट निर्माणको पूर्वसन्ध्यामा आयोजना गरेको सुझाव संकलन कार्यक्रममा युवा व्यवसायी हरिप्रसाद भुसालको सुझाव हो यो । 

हरिप्रसाद भुसाल मात्र होइन अर्घाखाँची चेम्बर अफ कमर्सका अध्यक्ष अशोक कुमार श्रेष्ठदेखि उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप मिश्रलगायतले पनि मुख्य बजारको सरसफाइमा मुख्य ध्यान दिन आग्रह गरेका थिए । बजार सुन्दर भएमात्रै समृद्ध सन्धिखर्कको नारा सफल हुने उनीहरूको दाबी थियो । 

Avatarसन्धिखर्क नगरपालिकाले आयोजना गरेको सुझाव संकलन कार्यक्रममा सहभागी सबैले किसानहरूबाट उत्पादित कृषि उपजको बजारीकरणको साथै आन्तरिक आय बढाउनका लागि नगरपालिकाको ध्यान आकर्षित गरेका थिए । साथै नगरको शैक्षिक विकासको लागि विशेष योजना बनाएर अगाडि बढ्नुपर्नेमा उनीहरूको जोड रहेको थियो । 

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले आगामी वर्षको नीति तथा कार्यक्रम सहित नगरपालिकाको प्राथमिकताका विषयमा प्रस्ट पारेका थिए । समृद्ध नगरपालिका बनाउनु आफ्नो एकमात्र लक्ष्य रहेको बताउँदै प्रमुख श्रेष्ठले सबैको एकताबाट मात्र त्यो सम्भव भएको बताएका थिए ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ६ : ३८ बजे

भेपमा सुन तस्करी : पूर्वसभामुख महरा र छोरा राहुल मुख्य योजनाकार, कर्मचारीदेखि व्यापारीसम्मलाई मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर

भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना

काठमाडौं– विस्केट जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारी 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

कांग्रेस संसदीय दलको नेता आङ्देम्बे कि आचार्य ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनसँगै प्रतिनिधि सभाले पाँच

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर– प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित