र्‍याप शो ‘ब्याटल भूमि’ हुँदै  « Khabarhub

र्‍याप शो ‘ब्याटल भूमि’ हुँदै 


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ पछिल्लो समय चर्चित रियालिटी शोको रूपमा स्थापित भइसकेको छ ।दर्शकले उक्त शोलाई मन पराएसँगै उक्त टिमले पुन : नयाँ शोको घोषणा गरेका छन् । बुधबार एक कार्यक्रमका बिच र्‍याप ब्याटल शो ‘ब्याटल भूमि’ को औपचारिक घोषणा गरिएको हो ।

‘ब्याटल भूमि’ नाम दिइएको शोमा भाग लिन चाहनेले डिजिटल अडिसन मार्फत सहभागी हुन सक्नेछन् । २२ जुन बेलुका ५ बजे देखी २ जुलाईसम्म अडिसन खुल्ला रहने जनाइएको छ । सहभागिता जनाउन चाहनेले नेपाल र्‍यापको वेबसाइट www.nepalrap.com मा गएर डिजिटल अडिसन दिन सक्नेछन् । डिजिटल अडिसनका लागी सहभागीले म्युजिक बिटमा १ मिनेट भन्दा माथिको भिडियो पठाउनु पर्नेछ ।

सुदिप पोखरेल र रोशन श्रेष्ठ कार्यकारी निर्माता रहेका उक्त कार्यक्रम निकेश खड्काले निर्देशन गर्नेछन् ।  ‘ब्याटल भूमि’ मा जजको रूपमा मानस घले , कवि जी रहेका छन् भने अर्का एक जजको घोषणा गरिनेछ । यस्तै कार्यक्रमको होस्टका रूपमा कोइन्च जी रहेका छन् । श्रावणबाट ओ.एस.आर डिजिटल र डी म्युजिक टेलिभिजनबाट प्रसारण हुने शोमा विजेतालाई पाँच लाख नगद पुरस्कार र वर्ल्ड टुर गर्न पाउने बताइएको छ ।

‘नेपहप श्रीपेच’ हुँदा हुँदै अर्को कार्यक्रम किन आवश्यक पर्‍यो भन्ने प्रश्नमा ‘र्‍याप गायक र ब्याटल गायक बिच पनि भिन्नता हुने भएकाले पनि ‘ब्याटल भुमी’ कार्यक्रम निर्देशक खड्काले बताए ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ७ : ५७ बजे

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा

सहकारी बैंक निर्वाचनमा साझा उम्मेदवारलाई सहयोग गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सहकारी बैंक लिमिटेडको आगामी

‘ज्येष्ठ नागरिकका अनुभव अनुसरणले मुलुकमा समृद्धि प्राप्त हुन्छ’

मोरङ – ज्येष्ठ नागरिकहरूसँग रहेको अनुभव र पारम्परिक ज्ञान युवा

कास्की र नवलपुर गण्डकी प्रदेश टी–२० क्रिकेटको फाइनलमा

कास्की – पोखरामा जारी चौथौ संस्करणको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष