युवालाई सही राजनीतिक ज्ञान नदिँदा विदेशी संस्कृतिले प्रभाव जमाइरहेको बिजुक्छेँको टिप्पणी « Khabarhub

युवालाई सही राजनीतिक ज्ञान नदिँदा विदेशी संस्कृतिले प्रभाव जमाइरहेको बिजुक्छेँको टिप्पणी


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपालका युवालाई सही राजनीतिक ज्ञान नदिँदा विदेशी संस्कृतिले प्रभाव जमाइरहेको टिप्पणी गरेका छन् ।

भक्तपुर नगरपालिकाको बाह्रौँ नगरसभाको आज उद्घाटन गर्दै उहाँले नेपालमा दलको सत्ता मोहले जनताले दुःख पाइरहेको बताए । देशको भूगोल, इतिहास, राजनीतिशास्त्र, अर्थशास्त्र जस्ता विषयबारे नेतादेखि विद्यार्थीलाई जानकार गराउनुपर्ने उजको भनाइ थियो ।

अध्यक्ष बिजुक्छेँले ख्वप विश्वविद्यालय सञ्चालनले देशभरिका विद्यार्थी लाभान्वित हुने उल्लेख गर्दै मेडिकल माफियाको चलखेलका कारण भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालयको सम्बन्धन नपाएको बताए ।

कार्यक्रममा नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले सरकारको बजेट जनमुखी नभई पूँजीपति वर्गको हितमा रहेको जिकिर गरे ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको आव २०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर र नगरवासीको हितलाई केन्द्रमा राखी काम गर्ने प्रतिबद्धता जनाए ।

उनले ख्वप विश्वविद्यालय विधेयक पारित गर्न निरन्तर पहल गर्ने र विश्वविद्यालय सञ्चालन गर्न विज्ञ टोलीसमेत गठन गरी आवश्यक तयारी गर्ने, ख्वप अस्पतालमा प्रसूति सेवा सञ्चालन गर्ने, अनलाइनबाट कर तिर्ने र नक्सापासको प्रक्रिया अगाडि बढाइने योजना रहेको बताए ।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाइँ, प्रदेशसभा सदस्य सिर्जना सैँजु, भक्तपुर नपाका उपप्रमुख रजनी जोशीलगायतले नगरपालिकाले नगरवासीका लागि सहज सेवा प्रदान गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १० : ०१ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको