युवालाई सही राजनीतिक ज्ञान नदिँदा विदेशी संस्कृतिले प्रभाव जमाइरहेको बिजुक्छेँको टिप्पणी « Khabarhub

युवालाई सही राजनीतिक ज्ञान नदिँदा विदेशी संस्कृतिले प्रभाव जमाइरहेको बिजुक्छेँको टिप्पणी


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपालका युवालाई सही राजनीतिक ज्ञान नदिँदा विदेशी संस्कृतिले प्रभाव जमाइरहेको टिप्पणी गरेका छन् ।

भक्तपुर नगरपालिकाको बाह्रौँ नगरसभाको आज उद्घाटन गर्दै उहाँले नेपालमा दलको सत्ता मोहले जनताले दुःख पाइरहेको बताए । देशको भूगोल, इतिहास, राजनीतिशास्त्र, अर्थशास्त्र जस्ता विषयबारे नेतादेखि विद्यार्थीलाई जानकार गराउनुपर्ने उजको भनाइ थियो ।

अध्यक्ष बिजुक्छेँले ख्वप विश्वविद्यालय सञ्चालनले देशभरिका विद्यार्थी लाभान्वित हुने उल्लेख गर्दै मेडिकल माफियाको चलखेलका कारण भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालयको सम्बन्धन नपाएको बताए ।

कार्यक्रममा नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले सरकारको बजेट जनमुखी नभई पूँजीपति वर्गको हितमा रहेको जिकिर गरे ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको आव २०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर र नगरवासीको हितलाई केन्द्रमा राखी काम गर्ने प्रतिबद्धता जनाए ।

उनले ख्वप विश्वविद्यालय विधेयक पारित गर्न निरन्तर पहल गर्ने र विश्वविद्यालय सञ्चालन गर्न विज्ञ टोलीसमेत गठन गरी आवश्यक तयारी गर्ने, ख्वप अस्पतालमा प्रसूति सेवा सञ्चालन गर्ने, अनलाइनबाट कर तिर्ने र नक्सापासको प्रक्रिया अगाडि बढाइने योजना रहेको बताए ।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाइँ, प्रदेशसभा सदस्य सिर्जना सैँजु, भक्तपुर नपाका उपप्रमुख रजनी जोशीलगायतले नगरपालिकाले नगरवासीका लागि सहज सेवा प्रदान गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १० : ०१ बजे

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ– शिक्षाको गुणस्तर सुधार्न यहाँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला– जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला- जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको

इजरायलले हिजबुल्लाहमाथि ’आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने

तेल अभिभ- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा घातक इजरायली आक्रमणको