ओमानका लागि नवनियुक्त नेपाली राजदूत अर्यालले सम्हाले कार्यभार  « Khabarhub

ओमानका लागि नवनियुक्त नेपाली राजदूत अर्यालले सम्हाले कार्यभार 


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – ओमानका लागि नवनियुक्त नेपाली राजदूत डोरनाथ अर्यालले नेपाली दूतावास मस्कटमा पदभार ग्रहण गरेर कार्यभार सम्हालेका छन् ।

बिहिबार अपरान्ह दूतावासमा राजदूत अर्याललाई दूतावासका कर्मचारीहरूले स्वागत गरेका थिए । त्यसक्रममा नियोग उपप्रमुख सोमेश थापाले दूतावासको कामकारबाहीबारे अवगत गराएका थिए ।

राजदूत अर्यालले सेवाग्राहीको सर्वोपरी हितमा केन्द्रित रहेर दूतावासको सेवा प्रवाहलाई आवश्यकता अनुरूप थप चुस्त बनाउन निर्देशन दिए । आगामी दिनमा नेपाल-‌ओमानबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै उपलब्ध स्रोत र सम्भावनाहरूलाई नेपाल र नेपालीहरूको हितमा काम गर्ने प्रतिबद्धता उनले जनाएका छन् ।

मस्कट अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राजदूत अर्यालसहित उनकी श्रीमती स्वदेश अर्याल र छोरा नोबलश्री अर्याललाई ओमानका परराष्ट्र मन्त्रालयका शिष्टाचार महाशाखाका कर्मचारी, मस्कटस्थित अन्य राजदूतहरू एवम् कूटनीतिक कर्मचारी र नेपाली दूतावासका कर्मचारी र नेपाली सोसल क्लब ओमानका अध्यक्ष विकल झा लगायतले स्वागत गरेका थिए ।

यसअघि तत्कालीन केपी शर्मा ओलीको सरकारले सर्मिला पराजुली ढकाललाई ओमनका लागि नेपाली राजदूत नियुक्त गरेको थियो । उनको कार्यकाल सकिए पनि सरकारले नयाँ राजदूत नियुक्ति नगर्दा उनले नै हालसम्म कार्यभार सम्हालेकी थिइन ।

नयाँ राजदूत गएपछि सर्मिला स्वदेश फर्किएकी थिइन । अहिले उनलाई देउवा सरकारले स्पेनका लागि राजदूत बनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ६ : ३३ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को