सिंहदरबारमा तीन वटा संसदीय समितिको बैठक बस्दै « Khabarhub

सिंहदरबारमा तीन वटा संसदीय समितिको बैठक बस्दै


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संघीय संसद् अन्तर्गतका तीन संसदीय समितिको बैठक बस्दैछ।

संघीय संसद सचिवालयका अनुसार राष्ट्रिय सरोकार तथा समन्वय समिति, विकास तथा प्रविधि समिति र शिक्षा तथा स्वास्थ्य समितिको बैठक बस्न लागेको हो।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान ११ बजे समितिको सभा कक्षमा बस्नेछ भने उक्त बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरु महाकाली सिँचाइ आयोजना र विद्युत प्रसारण आयोजनाको हालको कार्यान्वयनको अवस्थाबारे ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय र सम्बन्धित आयोजनाहरुसँग छलफल गरिनेछ ।

यसैगरी, विकास तथा प्रविधि समितिको बैठक पनि बिहान ११ बजे समितिको सभा कक्षमा बस्नेछ, जसमा बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्डका सम्बन्धमा छलफल हुनेछ।

स्वास्थ्य बीमामा देखिएका समस्या, गंगालाल अस्पताल बाँसबारीमा मुटुका बिरामीको उपचारका सम्बन्धमा, कोभिड १९ को संक्रमण दर बढेको, गेटा मेडिकल कलेज कैलालीको स्थलगत अध्ययन भ्रमणको प्रतिवेदनका लगायतका विषयमा छलफल गर्न शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा पनि आजै बस्नेछ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ९ : ५९ बजे

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले