७४ लाख मूल्य बराबरको सामान बोकेको ट्रकसहित बरामद « Khabarhub

७४ लाख मूल्य बराबरको सामान बोकेको ट्रकसहित बरामद


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – करिब ७४ लाख मूल्य बराबरको हार्डवेयरका पार्टस् एवं खुद्रा सामान बोकेको ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ।

पर्सा प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रमेश बस्नेतले बिल विजकभन्दा बढी हार्डवेयरका पार्टस् एवं खुद्रा सामान बोकेको ना ६ ख ५२७३ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएर कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको जानकारी दिए।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरचोकस्थित सडकखण्डमा उक्त मालवाहक ट्रकलाई प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रह्लाद कार्कीले उक्त ट्रक र सामानको समेत गरी रु ७४ लाख ८७ हजार २२३ मूल्यांकन गरी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाएको बताए।

ट्रकलाई रोकी जाँच गर्ने क्रममा बिलबिजक शङ्कास्पद देखिएको तथा बिलबिजक बिनाका विभिन्न किसिमका हार्डवेयर पार्टस् लोड गरिएको भेटिएपछि नियन्त्रणमा लिइएको थियो।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १० : २६ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ