७४ लाख मूल्य बराबरको सामान बोकेको ट्रकसहित बरामद | Khabarhub Khabarhub

७४ लाख मूल्य बराबरको सामान बोकेको ट्रकसहित बरामद


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – करिब ७४ लाख मूल्य बराबरको हार्डवेयरका पार्टस् एवं खुद्रा सामान बोकेको ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ।

पर्सा प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रमेश बस्नेतले बिल विजकभन्दा बढी हार्डवेयरका पार्टस् एवं खुद्रा सामान बोकेको ना ६ ख ५२७३ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएर कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको जानकारी दिए।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरचोकस्थित सडकखण्डमा उक्त मालवाहक ट्रकलाई प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रह्लाद कार्कीले उक्त ट्रक र सामानको समेत गरी रु ७४ लाख ८७ हजार २२३ मूल्यांकन गरी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाएको बताए।

ट्रकलाई रोकी जाँच गर्ने क्रममा बिलबिजक शङ्कास्पद देखिएको तथा बिलबिजक बिनाका विभिन्न किसिमका हार्डवेयर पार्टस् लोड गरिएको भेटिएपछि नियन्त्रणमा लिइएको थियो।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १० : २६ बजे

अमेरिकी प्यालेस्टाइनी मारिएपछि राजदूतको आक्रोश

काठमाडौं – इजरायलका लागि अमेरिकी राजदूत माइक हुकाबी वेस्ट बैङ्कमा

साउनको पहिलो दिन पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू) 

काठमाडौं– २०८२ सालको श्रावण महिना आजबाट सुरु भएको छ ।

५२ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार

म्याग्दी– म्याग्दीस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले आर्थिक

लामिनले बार्सिलोनामा मेसीको १० नम्बर जर्सीमा खेल्ने

काठमाडौं – लामिन यामलले बार्सिलोनाको आइकोनिक १० नम्बर जर्सी लगाउने

कर्णालीमा खाद्यान्न उत्पादनमा ह्रास, तरकारी र फलफूलमा वृद्धि

सुर्खेत- कर्णाली प्रदेशमा खाद्यान्न बालीको उत्पादनमा ह्रास आए पनि तरकारी