अन्तिम फिल्ममा काम गर्दैछन् टेरेन्टिनो « Khabarhub

अन्तिम फिल्ममा काम गर्दैछन् टेरेन्टिनो


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हलिउड फिल्म निर्देशक क्वान्टिन टेरेन्टिनोले आफ्नो फिल्मी जीवनमा निर्देशनको संख्या १० पुगेपछि सन्यास लिने घोषणा गरेका छन् । यसकारण पनि उनको फिल्म प्रतिक्षित हुने गरेको छ ।

उनको पछिल्लो नवौँ फिल्म ‘वन्स अपन अ टाइम इन हलिउड’ सुटिङअघि नै यस्तो घोषणा भएको थियो । यसकारण पनि उनको अन्तिम तथा १० औँ फिल्मको प्रतीक्षा हलिउड प्रेमी दर्शकलाई छ ।

टेरेन्टिनाको पछिल्ला तीन फिल्म इतिहाससँग सम्बन्धित थिए । त्यसैले अब अन्तिम फिल्म अहिलेसम्म काम नगरेको फरक विधामा हुन सक्ने अनुमान उनका फ्यानले गरिरहेका छन् । यद्यपि उनले यसबारे केही बताएका छैनन् । टेरेन्टिनोले आफू उचाइमा रहँदा नै फिल्म निर्देशनबाट पाखा लाग्ने निर्णय गर्नु राम्रो रहेकाले यस्तो निर्णय गरेको बताएका छन् । असफल हुन थालेपछि सन्यास लिँदा फिल्ममेकरलाई सजिलो महसुस नहुने उनको धारणा छ ।

अभिनय हुँदै निर्देशनको करिअरको सुरु गरेका क्वान्टिनले ‘रिजोर्भोयर डग्स’बाट निर्देशकको यात्रा सुरु गरेका थिए । यो फिल्मले व्यापारिक सफलतासँगै कालान्तरमा ‘कल्ट क्लासिक’को स्ट्याटस पाएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १० : ५६ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२