अन्तिम फिल्ममा काम गर्दैछन् टेरेन्टिनो « Khabarhub

अन्तिम फिल्ममा काम गर्दैछन् टेरेन्टिनो


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हलिउड फिल्म निर्देशक क्वान्टिन टेरेन्टिनोले आफ्नो फिल्मी जीवनमा निर्देशनको संख्या १० पुगेपछि सन्यास लिने घोषणा गरेका छन् । यसकारण पनि उनको फिल्म प्रतिक्षित हुने गरेको छ ।

उनको पछिल्लो नवौँ फिल्म ‘वन्स अपन अ टाइम इन हलिउड’ सुटिङअघि नै यस्तो घोषणा भएको थियो । यसकारण पनि उनको अन्तिम तथा १० औँ फिल्मको प्रतीक्षा हलिउड प्रेमी दर्शकलाई छ ।

टेरेन्टिनाको पछिल्ला तीन फिल्म इतिहाससँग सम्बन्धित थिए । त्यसैले अब अन्तिम फिल्म अहिलेसम्म काम नगरेको फरक विधामा हुन सक्ने अनुमान उनका फ्यानले गरिरहेका छन् । यद्यपि उनले यसबारे केही बताएका छैनन् । टेरेन्टिनोले आफू उचाइमा रहँदा नै फिल्म निर्देशनबाट पाखा लाग्ने निर्णय गर्नु राम्रो रहेकाले यस्तो निर्णय गरेको बताएका छन् । असफल हुन थालेपछि सन्यास लिँदा फिल्ममेकरलाई सजिलो महसुस नहुने उनको धारणा छ ।

अभिनय हुँदै निर्देशनको करिअरको सुरु गरेका क्वान्टिनले ‘रिजोर्भोयर डग्स’बाट निर्देशकको यात्रा सुरु गरेका थिए । यो फिल्मले व्यापारिक सफलतासँगै कालान्तरमा ‘कल्ट क्लासिक’को स्ट्याटस पाएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १० : ५६ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि