समयमै फर्किँदैनन् नेपाल आएका पर्यटक  | Khabarhub Khabarhub

समयमै फर्किँदैनन् नेपाल आएका पर्यटक 


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – घुम्नको लागि नेपाल आउने ठूलो संख्यामा पर्यटक नेपालबाट नफर्कने गरेको पाइएको छ ।

महालेखापरीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको आफ्नो ५९औं वार्षिक प्रतिवेदनमा नेपाल घुम्न आएका ठूलो संख्यामा पर्यटक समयमै नफर्कने गरेको औंल्याएको हो ।

महालेखाका अनुसार सन् २०१८ देखि २०२१ सम्मको अवधिमा नेपाल प्रवेश गरेकामध्ये १० हजार ९५३ जना विदेशी नेपालमा रहेको देखिन्छ । उनीहरु भिसा अवधि सकिएपछि पनि स्वदेश फर्केको रेकर्ड अध्यागमन विभागमा भेटिँदैन ।

विभागले २०७६ माघ १३ गते देखि नेपाल भित्रने विदेशीको आगमन, प्रस्थान र भिसासम्बन्धी अभिलेखीकरण गर्ने उदेश्यले एक सफ्टवेयरमा प्रयोगमा ल्याएको थियो ।

तर सफ्टवेयरमा विदेशी पर्यटकहरुको बसाई अवधि, सुरु प्रस्थान र गन्तव्य देश तथा भीसाअनुसारको विवरण उल्लेख गरेको नपाइएको महालेखाले जनाएको छ ।

‘सन् २०१८ देखि २०२१ सम्मको तथ्याङ्कअनुसार नेपालमा आगमन गरेका विदेशी नागरिकमध्ये १० हजार ९५३ जना विदेशी नेपालमा रहेको देखिन्छ,’ महालेखाले भनेको छ, ‘यो वर्ष (आव २०७७/७८) भिसा अवधि समाप्ति पश्चात् बढी अवधि बसेका २३२ जना, भिसा विपरीत कार्य गरेको र गैरकानुनी कार्यमा संलग्नसमेत २७७ जना विदेश नागरिक निष्काशन गरेको देखिन्छ ।’

अध्यागमन विभागले नेपालमा अवैध तरिकाले बस्ने पर्यटकको विवरण तयार गर्ने र कारबाही गर्ने प्रणाली तयार नगरेको महालेखाले जनाएको छ ।

‘नेपालमा रहेकामध्ये भिसा अवधि सकिएका पर्यटकको विवरण तयार गरी अनुगमन तथा कारबाहीको लागि आन्तरिक नियन्त्रण प्रणाली तयार गरेको छैन । पर्यटक आगमन पश्चात् आवश्यक सूचना संकलन तथा अन्तर निकाय समन्वय गरी अनुगमन प्रणालीलाई प्रभावकारी बनाउनुपर्दछ,’ प्रतिवेदनमा महालेखाले भनेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ११ : ४५ बजे

क्षतिग्रस्त तामाकोसी जलविद्युत् आयोजनाको मर्मतसम्भार शीघ्र थालिने

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो

सवारी दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु

काठमाडौं– झापामा शनिबार भएको सवारी दुर्घटनाका एक जनाको घटनास्थलमै मृत्यु

चाडपर्वका बेला पनि विदेशिने क्रम घटेन

काठमाडौं – चाडपर्वका बेला पनि वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या निरन्तर

बाढीले बागमती मनुष्मारा झाँझ सिँचाइ प्रणालीमा दुई करोडको क्षति

जनकपुरधाम– गत असोज ११, १२ र १३ गतेकोअविरल वर्षासँगै आएको

फ्रान्सेली विदेश मन्त्री ब्यारोट एकता भ्रमणका लागि युक्रेनमा

एजेन्सी– फ्रान्सेली विदेश मन्त्री जीन–नोएल ब्यारोट युक्रेनका लागि फ्रान्सको समर्थन