साफ यु-२० फुटबल खेल्न भारत प्रस्थान गर्ने टोलीको बिदाइ | Khabarhub Khabarhub

साफ यु-२० फुटबल खेल्न भारत प्रस्थान गर्ने टोलीको बिदाइ


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा आगामी साताबाट सुरु हुने यु-२० साफ च्याम्पियनसिपमा सहभागी हुने युवा टोलीलाई अखिल नेपाल फुटबल संघ  (एन्फा) ले शुक्रबारको बिदाइ गरिएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा एक कार्यक्रमकबीच राष्ट्रिय खेलुकद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङ, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का लगायत एन्फा कार्यसमितिका सदस्यले नेपाली टोलीको  बिदाइ गरेका हुन् ।

नेपाली टोली आज दिउँसो भारत प्रस्थान गर्नेछ ।  एन्फाले सोमबार प्रतियोगिताका लागि  २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो । नेपाली टिम प्रशिक्षक मेघराज केसी, व्यवस्थापक दिवाकर घले र कप्तान आयुष घलान रहेका छन् ।

भारतको भुवनेश्वरस्थित कलिंगा स्टेडियममा प्रतियोगिता २५ जुलाईबाट सुरु हुनेछ । नेपालले पहिलो खेलमा २५ जुलाईमा माल्दिभ्सको सामना गर्नेछ ।

दोस्रो खेल २७ जुलाईमा श्रीलंका र  तेस्रो खेलमा ३१ मा जुलाई भारतको सामना गर्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले २ अगस्टमा बंगलादेशसँग खेल्नेछ । शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यु-२० टिमः

गोलकिपरः ईश्वर गुरुङ, उनेस चौधरी, जियारत शेख

रक्षकः अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा

मिडफिल्डरः आयुश घलान  (कप्तान),दिपेश गुरुङ, आशिष राई, सन्दिप श्रेष्ठ, जनमजय धामी, मोहित गुरुङ, कृतिस रत्न छुन्जु, सुगम सुवाल, जनग्या नकर्मी,

स्ट्राइकरः रोहित सुब्बा निरञ्जन मल्ल, रोहन खड्गी

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १ : ०९ बजे

कृष्ण भुसालको निर्देशनमा महाकाव्यकार दाहालको ‘लालीगुराँसको साटो’ सार्वजनिक

काठमाडौं – ‘लालीगुराँसको साटो रक्तरञ्जित भो वन, द्यौराली अनि पाखामा

कारागारबाट भागेकामध्ये एकैदिन ६२८ कैदीबन्दी फर्किए

काठमाडौं – गत भदौ २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा भागेका

तत्कालीन प्रधानमन्त्री ओलीसहित तीन नेतालाई राजनीतिमा बन्देज लगाउन रास्वपाको माग

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनमा दमन गर्ने

गृह मन्त्रालय तानिए काठमाडौंका सीडीओ रिजाल

काठमाडौं – जेनजी आन्दोलनपछि चर्को आलोचनामा परेका काठमाडौंका प्रमुख जिल्ला

गुल्मीमा चट्याङ लागेर तीन जना घाइते

गुल्मी – गुल्मीमा चट्याङ लागेर तीन जना घाइते भएका छन्