डुम्रे-बेँसीसहर सडकखण्ड सञ्चालनमा « Khabarhub

डुम्रे-बेँसीसहर सडकखण्ड सञ्चालनमा


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– बाढी र पहिराले अवरुद्ध बनाएको डुम्रे-बेँसीसहर सडकखण्ड पुनः सञ्चालनमा आएको छ । बिहीबारदेखि अवरुद्ध बनाएको यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडामा पहिरो हटाउनाका साथै आज बिहान ११ः३० बजेदेखि पुनः सडक सञ्चालनमा ल्याइएको हो ।   

गत वर्ष र असार पहिलो साता आएको बाढीले डुम्रे-बेँसीसहरको देउराली डाँडाको सडक बगाएपछि वैकल्पिकरुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस भागमा माथिबाट पहिरो खसेर अवरुद्ध भएको सडक पुनः सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताए । उनका अनुसार डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयको स्काभेटरले सडकमा आएको पहिरो हटाएसँगै पूर्णरुपमा सवारी साधन सञ्चालन भइरहेको छ ।

पटकपटक आएको बाढी र पहिराले यात्रा गर्न समस्या हुँदै आएको छ । हल्का वर्षा हुनासाथ लेदो आएर सडक अवरुद्ध हुने गरेको छ ।  साउन २ गतेयता अविरल वर्षाले पहिरो जाँदा राति बन्द गरिने र बिहान खुलाएर सडक सञ्चालन गर्ने गर्दै आइएको छ । काठमाडौँ, पोखरा, चितवनलगायत स्थानमा जाने र सो स्थानबाट बेँसीसहर आउने यात्रु उक्त पहिराले नै हैरान भएका थिए । 

 डुम्रे-बेँसीसहर ४२ किलोमिटर दूरी रहेको यस सडक हुँदै मनाङवासी बेँसीसहर र बेँसीसहरबाट यस सडक हुँदै विभिन्न सहरमा पुग्ने गर्दछन् । उक्त पहिराले लमजुङ र मनाङवासीलाई बढी समस्या हुनाका साथै बिरामी बोकेका आकस्मिक एम्बुलेन्सलाई समेत समस्या हुने गरेको छ । 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १ : १२ बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति