डुम्रे-बेँसीसहर सडकखण्ड सञ्चालनमा « Khabarhub

डुम्रे-बेँसीसहर सडकखण्ड सञ्चालनमा


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– बाढी र पहिराले अवरुद्ध बनाएको डुम्रे-बेँसीसहर सडकखण्ड पुनः सञ्चालनमा आएको छ । बिहीबारदेखि अवरुद्ध बनाएको यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडामा पहिरो हटाउनाका साथै आज बिहान ११ः३० बजेदेखि पुनः सडक सञ्चालनमा ल्याइएको हो ।   

गत वर्ष र असार पहिलो साता आएको बाढीले डुम्रे-बेँसीसहरको देउराली डाँडाको सडक बगाएपछि वैकल्पिकरुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस भागमा माथिबाट पहिरो खसेर अवरुद्ध भएको सडक पुनः सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताए । उनका अनुसार डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयको स्काभेटरले सडकमा आएको पहिरो हटाएसँगै पूर्णरुपमा सवारी साधन सञ्चालन भइरहेको छ ।

पटकपटक आएको बाढी र पहिराले यात्रा गर्न समस्या हुँदै आएको छ । हल्का वर्षा हुनासाथ लेदो आएर सडक अवरुद्ध हुने गरेको छ ।  साउन २ गतेयता अविरल वर्षाले पहिरो जाँदा राति बन्द गरिने र बिहान खुलाएर सडक सञ्चालन गर्ने गर्दै आइएको छ । काठमाडौँ, पोखरा, चितवनलगायत स्थानमा जाने र सो स्थानबाट बेँसीसहर आउने यात्रु उक्त पहिराले नै हैरान भएका थिए । 

 डुम्रे-बेँसीसहर ४२ किलोमिटर दूरी रहेको यस सडक हुँदै मनाङवासी बेँसीसहर र बेँसीसहरबाट यस सडक हुँदै विभिन्न सहरमा पुग्ने गर्दछन् । उक्त पहिराले लमजुङ र मनाङवासीलाई बढी समस्या हुनाका साथै बिरामी बोकेका आकस्मिक एम्बुलेन्सलाई समेत समस्या हुने गरेको छ । 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १ : १२ बजे

रास्वपाका समानुपातिक उम्मेदवार : क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ११० जनाको सूची निर्वाचन

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ