सिक्लेस हाइड्रोपावरकाे आइपिओ खुला « Khabarhub

सिक्लेस हाइड्रोपावरकाे आइपिओ खुला


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिक्लेस हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता  १०० अंकित दरमा आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)  बिक्री खुला गरेको हो ।

आयोजनाबाट असर पर्ने कास्की जिल्लाको मादी गाउँपालिका– १, २ र ३ का वासीले आजदेखि यही साउन २० गतेसम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । त्यस्तै उक्त अवधिमा मागबमोजिम आवेदन नपरे आगामी भदौ ५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । त्यस्तै माछापुच्छ्रे बैंकको मादी गाउँपालिका–१ मा रहेको कार्यालय, बैंक अफ काठमाडौँ, मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया बैंकको पोखरा शाखा कार्यालयबाट दर्खास्त दिन सकिने कम्पनीले जनाएको छ । 

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर नेपालले (केयरएनपी बिबी प्लस आइएस) रेटिङ दिएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १ : ५७ बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२