लालीगुराँस संरक्षण अभियान सुरु | Khabarhub Khabarhub

लालीगुराँस संरक्षण अभियान सुरु


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको सबैभन्दा अग्लो स्थान आँबुखैरेनीको छिम्केश्वरीमा नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण अभियान थालिएको छ । आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरी मन्दिर आसपास लालीगुराँस संरक्षण अभियान सुरुवात गरिएको हो ।

कास्कीका ढाकाराम लामिछानेको सक्रियतामा छिम्केश्वरीमा लालीगुराँसका बिरुवा रोपिएको छ । यसक्रममा ११ प्रजातिका ७० बिरुवा रोपिएको लामिछानेले जानकारी दिए । ‘लालीगुराँस फुलाऔँ, पर्यटक बोलाऔँ’ हाम्रो अभियान आगन्तुकको प्रोत्साहन’ भन्ने मूल नारा सहित छिम्केश्वरीमा लालीगुराँसको बिरुवा रोपण गरिएको उनले बताए।

उनले कास्की जिल्लाको २३ ठाउँमा लालीगुराँसका बिरुवा रोपिसकेका छन् । विगत छ वर्षदेखि लालीगुराँस संरक्षणमा लागेका उनले पहिलोपटक कास्कीको ठूलोकोटमा लगाएको लालीगुराँस फुल्न थालेको जानकारी दिए ।

‘नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षणका लागि निकै कम चासो रहेको पाएपछि यसको संरक्षणका लागि लागेको हूँ,’ उनले भने, ‘लालीगुराँस संरक्षण गर्ने काम नेपालमा नभएपछि त्यसतर्फ झुकाव राखेको काम गर्दै आएको छु ।’

उनका अनुसार हालसम्म सात हजार आठ सय लालीगुराँसका बिरुवा रोपिसकिएको छ । अहिले रोपिएको लालीगुराँस पाँचदेखि सात वर्षसम्म फुल्छ । अहिलेसम्म ९० प्रतिशत बिरुवा सार्न सफल भइएको उनले बताए । ‘नेपालका सबै ठाउँमा पुग्छु भन्ने लक्ष्य राखेको छु, मुख्य उद्देश्य भनेको लालीगुराँसको संरक्षण गर्नुपर्छ भन्ने नै हो’, उनले भने। 

उनले यस वर्ष तेह्रथुमबाट आठ सय बिरुवा खरिद गरी ल्याएका छन्। हालसम्म खर्चको व्यवस्थापन आफैँले गर्दै आएको उनले बताए । ‘रोप्नुमात्रै ठूलो कुरा होइन, संरक्षण गर्नु ठूलो कुरा हो । जहाँ जहाँ रोपिएको छ, त्यहाँका स्थानीयवासीसँग सहकार्य गर्दै आएका छौँ’, उनले भने। नेपालमा ३२ प्रजातिका लालीगुराँस रहेको छ ।

छिम्केश्वरीमा लालीगुराँस संरक्षण अभियानमा आँबुखैरेनी गाउँपालिकाले साथ दिएको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याललगायतले लालीगुराँसको बिरुवा रोपण गरेका छन्  । यस ठाउँमा लालीगुराँस पार्क निर्माण गर्ने गाउँपालिकाको योजना रहेको अध्यक्ष चुमानले जानकारी दिए । लालीगुराँस संरक्षण गर्दै लालीगुराँस हेर्न आँबुखैरेनी जाऔँ भन्ने बनाइने उनले बताए ।

छिम्केश्वरीको हावापानी लालीगुराँस फूलका लागि उपयुक्त छ । आँबुखैरेनीमा प्रत्येक वर्ष लालीगुराँस फुल्ने गरेको छ । प्रसिद्ध छिम्केश्वरी मन्दिर पनि रहेकाले यहाँ बर्सेनि सर्वसाधारणको आवतजावत वृद्धि भइरहेको छ ।

समुद्र सतहबाट दुई हजार १३४ मिटर उचाइमा छिम्केश्वरी अवस्थित छ । विशेष गरी होली र नयाँवर्षको अवसरमा छिम्केश्वरीबूढीमाईको दर्शन गर्न भक्तजनको भीड हुने गर्दछ । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरखा कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  २ : ३० बजे

गगनले प्रधानमन्त्रीलाई भने- सरकारले दिन गनेर समय खेर फाल्ने होइन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई

आजका समाचार : एमालेले विद्यालाई फर्काउने, ओलीलाई झन् सजिलो बनाउने प्रस्ताव, बीपी राजमार्ग दैनिक १२ घण्टा बन्द र युक्रेनमा नयाँ प्रधानमन्त्री

पूर्वराष्ट्रपति भण्डारीको विषयले एमालेमा प्रवेश पायो, अध्यक्ष ओलीले संवाद गर्नेपूर्वराष्ट्रपति

बीमा बोर्डले प्रतिष्ठानलाई झुक्यायो, पत्रले भन्छ- प्रथम सेवा केन्द्र तीन महिनासम्म, तर ‘सिस्टम अन’ केबल तीन दिनलाई

सुनसरी– स्वास्थ्य बीमा बोर्डले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई

विपद्को पूर्वतयारीमा ध्यान दिन सुझाव

काठमाडौं– सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका विपद् व्यवस्थापन विभागका

खार्पुनाथमा तुइन हटाएर झोलुङ्गे पुल, आवतजावत गर्न सहज

सिमकोट– खार्पुनाथ गाउँपालिकामा रहेका नदीमा तुइन हटाएर झोलुङ्गे पुल निर्माण