नरबहादुर धामीको प्रश्न- भुटानमा सन्तान जन्मेपछि मात्र बाबुआमालाई नागरिकता, यहाँ आउनेबितिक्कै किन ? « Khabarhub

नरबहादुर धामीको प्रश्न- भुटानमा सन्तान जन्मेपछि मात्र बाबुआमालाई नागरिकता, यहाँ आउनेबितिक्कै किन ?


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका सांसद नरबहादुर धामीले नागरिकता विधेयक फास्ट ट्रयाक पारित गराउन नहुने भन्दै पुनः संसदीय समितिमा पठाउन माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथि दफावार छलफल गर्दै धामीले भू-राजनीतिक अवस्थाका कारण पनि नागरिकता विधेयकलाई ‘फास्ट ट्रयाक’ पारित गराउन नहुने तर्क गरेका छन् ।

उनका अनुसार भुटानमा सन्तानले नागरिकता पाइसकेपछि मात्र बाबुआमाले नागरिकता पाउने प्रावधान भएको नजीरलाई ख्याल गर्नुपर्ने धामीको प्रस्ताव छ । ‘नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्र वैवाहिक अंगिकृत नागरिकता दिइने भन्ने संसदीय समितिमा सहमति भएको थियो, सरकारले त्यो विधेयक पारित गराउन प्रयास नगरेर अहिले किन त्यो व्यवस्था हटाएर नयाँ विधेयक ल्याइयो ?,’ धामीले प्रश्न गरेका छन्, ‘त्यसैले यो विधेयकलाई आजै नै पारित नगरेर संसदीय समितिमा फिर्ता पठाइयोस् ।’

नागरिकता जस्तो संवेदनशील विषयलाई हचुवाको भरमा पारित नगर्न उनले माग पनि गरेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  २ : ४२ बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२