‘जलवायु परिवर्तनको समस्या समाधानका लागि बनेका नीति कार्यान्वयन गर्नुपर्छ’  « Khabarhub

‘जलवायु परिवर्तनको समस्या समाधानका लागि बनेका नीति कार्यान्वयन गर्नुपर्छ’ 


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्नि सापकोटाले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि भएका नीतिहरूलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

अन्तराष्ट्रिय दिगो पर्वतीय वर्ष २०२२ का अवसरमा वन तथा वातावरण मन्त्रालयले शुक्रबार काठमाडौंमा सांसदहरूसँग गरेको छलफल कार्यक्रममा सभामुख सापकोटाले देशमा बनेका नीतिहरू कार्यान्वयन गर्न निकै चुनौति रहेको भन्दै जलवायु परिवर्तनको समस्या समाधानका लागि भएका नीतिहरूलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले जलवायु परिवर्तनले दिएको शिक्षालाई आत्मसाथ गर्ने संकल्प गर्नुपर्ने धारणा पनि राखे । जलवायु परिवर्तनका कारण विश्वमा नै एकपछि अर्को धक्का दिइरहेको भन्दै सभामुख सापकोटाले यसको असर न्यूनिकरणका लागि समस्यालाई बुझेर समाधानको बाटो खोज्नुपर्ने धारणा राखे । उनले अहिले आफूले राज्यका तीन अंगमध्ये एक अंगको जिम्मेवारी बहन गरिरहेको र उक्त भूमिका देश र जनताको हितलाई अघि सार्दै पुरा गर्ने बताए ।

कार्यक्रममा सांसदहरुले जलवायु परिवर्तनले विभिन्न असर देखाइरहेको भन्दै यसको न्यूनिकरणका लागि विश्वसमुदायसँग हातेमालो गरेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ३ : ०७ बजे

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका