‘जलवायु परिवर्तनको समस्या समाधानका लागि बनेका नीति कार्यान्वयन गर्नुपर्छ’  « Khabarhub

‘जलवायु परिवर्तनको समस्या समाधानका लागि बनेका नीति कार्यान्वयन गर्नुपर्छ’ 


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्नि सापकोटाले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि भएका नीतिहरूलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

अन्तराष्ट्रिय दिगो पर्वतीय वर्ष २०२२ का अवसरमा वन तथा वातावरण मन्त्रालयले शुक्रबार काठमाडौंमा सांसदहरूसँग गरेको छलफल कार्यक्रममा सभामुख सापकोटाले देशमा बनेका नीतिहरू कार्यान्वयन गर्न निकै चुनौति रहेको भन्दै जलवायु परिवर्तनको समस्या समाधानका लागि भएका नीतिहरूलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले जलवायु परिवर्तनले दिएको शिक्षालाई आत्मसाथ गर्ने संकल्प गर्नुपर्ने धारणा पनि राखे । जलवायु परिवर्तनका कारण विश्वमा नै एकपछि अर्को धक्का दिइरहेको भन्दै सभामुख सापकोटाले यसको असर न्यूनिकरणका लागि समस्यालाई बुझेर समाधानको बाटो खोज्नुपर्ने धारणा राखे । उनले अहिले आफूले राज्यका तीन अंगमध्ये एक अंगको जिम्मेवारी बहन गरिरहेको र उक्त भूमिका देश र जनताको हितलाई अघि सार्दै पुरा गर्ने बताए ।

कार्यक्रममा सांसदहरुले जलवायु परिवर्तनले विभिन्न असर देखाइरहेको भन्दै यसको न्यूनिकरणका लागि विश्वसमुदायसँग हातेमालो गरेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ३ : ०७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै