१८ सदस्यीय साफ च्याम्पियनसिप आयोजक समिति गठन | Khabarhub Khabarhub

१८ सदस्यीय साफ च्याम्पियनसिप आयोजक समिति गठन


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का (बच्चु) को संयोजकत्वमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले १८ सदस्यीय साफ च्याम्पियनसिप आयोजक समिति गठन गरेको छ । शुक्रबार एन्फाले चारै उपाध्यक्षसहित प्रतियोगिता सञ्चालनका लागि १८ सदस्यीय आयोजक समिति गठन गरेको हो । 

यसअघि बिहीबारको एन्फा कार्यसमिति बैठकमा साफ च्याम्पियनसिप आयोजनाको एजेन्डा रहे पनि विवादको कारण बैठक बस्न सकेन । तर, एन्फाले शुक्रबार आफ्नो साइटमार्फत आयोजक समिति गठनसहित मुख्य प्रशिक्षक, भेन्यु म्यानेजरलगायत विभिन्न समिति गठन गरेको जनाएको हो । 

यस्तै, रवीन्द्र चन्दलाई एन्फाले भेन्यु म्यानेजरको जिम्मेवारी सुम्पिएको छ । यता, विजय घले ‘लोकल जेनेरल कोर्डिनेटर’ नियुक्त भएका छन् । दिनेश व्यञ्जनकारले सुरक्षा विभाग पाएका छन् भने सञ्जिव सिल्पाकारले मार्केटिङ तथा ब्रोर्डकाष्टिङ र डिजिटल राइट्सको जिम्मेवारी पाएका छन् । 

यस्तै, एन्फाले कुमार थापालाई राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । पूर्व खेलाडी थापा विभागीय टोली एपीएफ फुटबल क्लबको पुरुष टोलीका मुख्य प्रशिक्षकसमेत हुन् । 

यसअघि अष्ट्रेलियन नागरिक ग्यारी फिलिप्सले महिला टोली छाडेयता टिम प्रशिक्षकविहीन थियो । ग्यारीको अनुपस्थितिमा चेतन घिमिरेले टिम हेरेका थिए । 

यस्तै, एन्फाले महिला फुटबल टोलीको म्यानेजरमा पूर्व महिला संघकी अध्यक्ष बिन्द्रा देवानलाई नियुक्त गरेको छ । महिला साफ ६ देखि १९ सेप्टेम्बरसम्म काठमाडौंमा हुँदै छ । 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ३ : १४ बजे

झापा महिला गोल्डकप : उपाधिका लागि आज एपीएफ र पुलिस भिड्ने

काठमाडौं– पहिलो संस्करणको झापा महिला गोल्डकप फुटबलको उपाधिका लागि आज

इन्जुरी समयमा गोल गर्दै पिएसजीले निकाल्यो लियोनविरुद्ध सनसनीपूर्ण जित

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी)ले खेलको इन्जुरी समयको अन्तिम

ला लिगा – शीर्ष स्थानको रियल म्याड्रिड बराबरीमा रोकियो

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड

पाँच वर्षमा ६ पटक म्याद थपिएपछि सडक कालोपत्र गरिँदै

बागलुङ– निर्माण व्यवसायीको लापरबाहीले जीर्ण बनेको बागलुङको काठेखोला गाउँपालिका– ७

कर्णालीमा ‘विश्व भोकमरी सूचकाङ्क– २०२५’ को प्रतिवेदन सार्वजनिक

कर्णाली– कर्णालीमा ‘विश्व भोकमरी सूचकाङ्क– २०२५’ को प्रतिवेदन सार्वजनिक गरिएको