सहज र सरल रूपमा स्वास्थ्य बीमा भुक्तानी दिन संसदीय समितिको निर्देशन « Khabarhub

सहज र सरल रूपमा स्वास्थ्य बीमा भुक्तानी दिन संसदीय समितिको निर्देशन


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले जनताले सहज र सरल ढंगले स्वास्थ्य बीमा भुक्तानी पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले स्वास्थ्य बीमाका विषयमा धेरै समस्या देखिएको भन्दै स्वास्थ्य बीमा भुक्तानीका देखिएका समस्याहरु समाधान गर्न सरकारलाई निर्देशन दिएको हो ।

त्यस्तै अस्पतालमा स्वास्थ्य बीमामार्फत उपचार गर्न जाँदा धेरै समस्या झेल्नुपरेको भन्दै यस्ता समाधानहरू पनि दीर्घकालीन रूपमा नै समाधान गर्न पनि सरकारलाई निर्देशन दिएको समिति सभापति जयपुरी घर्तिले जानकारी दिइन्।

बैठकले सरकारी भन्दा पनि नीजि अस्प्तालमा बीमा भुक्तानीको समस्या भएको गुनासो आएको भन्दै ऐन कानूनको व्यवस्था अनुसार समस्या हल गर्न पनि निर्देशन दिएको छ । त्यस्तै बैठकले शहीद गङ्गालाल हृदय रोग केन्द्रमा अक्सिजिनेरेटरको अभाव भएका कारण शल्यक्रिया गर्न नै कठिन भएको गुनासो आएको भन्दै छिटो भन्दा छिटो आवश्यक मेशिनको व्यवस्था गर्न पनि निर्देशन दिएको सभापति घर्तिले जानकारी दिइन् ।

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङले चालू बजेटमा सरकारी र सामूदायिक स्वास्थ्य संस्थाबाट मात्रै स्वास्थ्यबीमा लागू हुने उल्लेख भएकाले केही समस्या देखिएको बताए। बीमाको क्षेत्रमा त्रुटि भए सच्याउन सरकार तयार रहेको उनले बताए। त्यस्तै उनले अहिले मुलुकका कोरोना खोप अभाव नभएको भन्दै स्थानीय तहले पनि खोप अभियान सञ्चालन गर्न सक्रियता देखाउनुपर्ने बताए।

बैठकमा समिति सदस्यहरुले स्वास्थ्य बीमालाई थप प्रभावकारी र सहज बनाउन राज्य गम्भीर हुनुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ४ : ४९ बजे

रास्वपाका समानुपातिक उम्मेदवार : क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ११० जनाको सूची निर्वाचन

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ