आयुर्वेद स्वास्थ्य केन्द्रमा प्रयोगशाला सेवा सुरु « Khabarhub

आयुर्वेद स्वास्थ्य केन्द्रमा प्रयोगशाला सेवा सुरु


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

रसुवा– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रसुवाले धुन्चेमा पहिलो पटक प्रयोगशाला सेवा सुरु गरेको छ । दुई दशक अगाडि स्थापित केन्द्रले प्रयोगशालाका साथै सशुल्क उपलब्ध हुने आयुर्वेदिक औषधालयसमेत सञ्चालनमा ल्याएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेले बिहीबार केन्द्रको उद्घाटन गर्नुभयो । प्रयोगशालामा रगत र दिसापिसाब परीक्षण गरिने डा अमूल्य दाहालले जानकारी दिए । केन्द्र सञ्चालक समितिका अध्यक्ष दावा मिङ्मर तामाङका अनुसार  प्रयोगशाला सञ्चालनका लागि दक्ष जनशक्ति रहेको र  उत्तरी रसुवाका करिब १० हजार बासिन्दालाई सेवा दिने लक्ष्य लिइएको  छ ।

भाडाका घरमा रहेको  केन्द्रलाई  साविक जिल्ला कृषि विकास कार्यालयको भवनमा  व्यवस्थित गराई १५ शय्याको  अस्पताल सञ्चालन गराउन आफूले समन्वय गरिरहेको जिसस प्रमुख घिमिरेले बताए ।

ढिलै भए पनि आयुर्वेद पद्धतिको उपचार रसुवामा प्रभावकारी हुँदै गएको बताउँदै  गोसाइँकुण्ड गाउँपालिका वडा नं ६ का वडाध्यक्ष  दावासिदार वाइवाले आफूले अस्पताल  सञ्चालन गराउने कार्यमा पूर्णरूपले सहयोग गर्ने प्रतिबद्धता जनाए । जिल्लामा अब  रसुवा अस्पताल र जिल्ला आयुर्वेद केन्द्रसमेतका दुई प्रयोगशाला सेवाले काठमाडौँ तथा नुवाकोट त्रिशूलीमा  रिफरको समस्या हट्ने स्थानीय बासिन्दाको विश्वास  छ  ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ४ : ५३ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी