तब्बुको भूमिकामा मनिषा  | Khabarhub Khabarhub

तब्बुको भूमिकामा मनिषा 


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री मनिषा कोइराला सुपरहिट फिल्म ‘अला बैकुण्ठपुरमल’ को हिन्दी रीमेकमा देखिने भएकी छिन् । एकता कपूरको निर्माणमा बन्ने फिल्ममा अल्लु अर्जुन र पूजा हेगडेले गरेको भूमिका कार्तिक आर्यन र कृति सेननले निर्वाह गर्दैछन्। यसै फिल्मको अल्लु अर्जुनको आमाको भूमिकाका लागि मनिषालाई अफर गरिएको हो । पछिल्लो समय ‘९९ संग्स’ मा देखिएकी मनिषाले फिल्ममा उक्त भूमिका निर्वाह गर्न स्वीकारेसँगै फिल्मको कास्टिङको पूरा भएको थियो ।

मनिषा कोइराला बलिउडमा बलियो कमब्याकको तयारीमा छिन् । पछिल्लो समय राजकुमार हिरानी निर्देशित फिल्म ‘सन्जु’ मा देखिए यता उनले बिग ब्यानरको फिल्म पाएकी छैनन् । तर, आउँदो वर्ष २०२३ भने उनको लागि सुखद हुँदैछ । उनको अभिनय रहेको फिल्म ‘शेहजादा’ प्रदर्शनमा आउँदैछ ।  ‘शेहजादा’ मा मनीषा कोइराला पनि महत्वपूर्ण भूमिकामा छिन् । तेलगुमा बनेको फिल्मको रिमेकमा मनिषाले तब्बुले निर्वाह गरेको भूमिका निर्वाह गरेको चर्चा छ ।

अल्लु अर्जुनको मुख्य भूमिका रहेको ‘अला बैकुण्ठपुरमल’ सन् २०१९ को त्यो सालको सुपरहिट फिल्म थियो । फिल्मलाई अभिनेता वरुण धवनका दाइ निर्देशक रोहित धवनले निर्देशन गरेका हुन् । फिल्ममा मनिषाले कार्तिकको आमाको भूमिका निर्वाह गरेकी छिन् । यो फिल्मसँगै ओटीटी जायन्ट नेटफ्लिक्सका लागि निर्देशक सञ्जय लीला भन्सालीले निर्माण गरिरहेको वेब सिरिज ‘हिरामण्डी’ मा उनको महत्वपूर्ण भूमिका छ । निर्देशक भन्सालीको डेब्यू फिल्म ‘खामोसी दि म्युजिकल’मा मनिषाले मुख्य भूमिका निर्वाह गरेकी थिइन् । 

आउँदो वर्ष यी दुई प्रोजेक्टमा देखिएसँगै बलिउडबाट विश्राममा रहेकी मनिषाको व्यस्तता बढ्ने अनुमान गरिएको छ । ‘शेहजादा’ बलिउडको मेनस्ट्रिममा मनिषाको महत्वपूर्ण कमब्याक हो । भारतमा पछिल्लो समय ओटीटीले प्रसस्त रुपमा ट्यालेन्ट अनुहारलाई स्थापित गरिरहेको छ । यद्यपि  मनिषा भने  स्वास्थ्य र आपसी कारणले बलिउडबाट विश्राममा थिइन् ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ५ : ४५ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास