तब्बुको भूमिकामा मनिषा  « Khabarhub

तब्बुको भूमिकामा मनिषा 


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री मनिषा कोइराला सुपरहिट फिल्म ‘अला बैकुण्ठपुरमल’ को हिन्दी रीमेकमा देखिने भएकी छिन् । एकता कपूरको निर्माणमा बन्ने फिल्ममा अल्लु अर्जुन र पूजा हेगडेले गरेको भूमिका कार्तिक आर्यन र कृति सेननले निर्वाह गर्दैछन्। यसै फिल्मको अल्लु अर्जुनको आमाको भूमिकाका लागि मनिषालाई अफर गरिएको हो । पछिल्लो समय ‘९९ संग्स’ मा देखिएकी मनिषाले फिल्ममा उक्त भूमिका निर्वाह गर्न स्वीकारेसँगै फिल्मको कास्टिङको पूरा भएको थियो ।

मनिषा कोइराला बलिउडमा बलियो कमब्याकको तयारीमा छिन् । पछिल्लो समय राजकुमार हिरानी निर्देशित फिल्म ‘सन्जु’ मा देखिए यता उनले बिग ब्यानरको फिल्म पाएकी छैनन् । तर, आउँदो वर्ष २०२३ भने उनको लागि सुखद हुँदैछ । उनको अभिनय रहेको फिल्म ‘शेहजादा’ प्रदर्शनमा आउँदैछ ।  ‘शेहजादा’ मा मनीषा कोइराला पनि महत्वपूर्ण भूमिकामा छिन् । तेलगुमा बनेको फिल्मको रिमेकमा मनिषाले तब्बुले निर्वाह गरेको भूमिका निर्वाह गरेको चर्चा छ ।

अल्लु अर्जुनको मुख्य भूमिका रहेको ‘अला बैकुण्ठपुरमल’ सन् २०१९ को त्यो सालको सुपरहिट फिल्म थियो । फिल्मलाई अभिनेता वरुण धवनका दाइ निर्देशक रोहित धवनले निर्देशन गरेका हुन् । फिल्ममा मनिषाले कार्तिकको आमाको भूमिका निर्वाह गरेकी छिन् । यो फिल्मसँगै ओटीटी जायन्ट नेटफ्लिक्सका लागि निर्देशक सञ्जय लीला भन्सालीले निर्माण गरिरहेको वेब सिरिज ‘हिरामण्डी’ मा उनको महत्वपूर्ण भूमिका छ । निर्देशक भन्सालीको डेब्यू फिल्म ‘खामोसी दि म्युजिकल’मा मनिषाले मुख्य भूमिका निर्वाह गरेकी थिइन् । 

आउँदो वर्ष यी दुई प्रोजेक्टमा देखिएसँगै बलिउडबाट विश्राममा रहेकी मनिषाको व्यस्तता बढ्ने अनुमान गरिएको छ । ‘शेहजादा’ बलिउडको मेनस्ट्रिममा मनिषाको महत्वपूर्ण कमब्याक हो । भारतमा पछिल्लो समय ओटीटीले प्रसस्त रुपमा ट्यालेन्ट अनुहारलाई स्थापित गरिरहेको छ । यद्यपि  मनिषा भने  स्वास्थ्य र आपसी कारणले बलिउडबाट विश्राममा थिइन् ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ५ : ४५ बजे

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौं– काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक

सांसदहरूलाई रविको निर्देशन : मन्त्रालयमा अनावश्यक नधाउनू, आफन्तलाई नियुक्ति दिलाउनेतिर नलाग्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सांसद र

युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित

पेरिस– मध्यपूर्वमा जारी युद्धकाबीच विश्व अर्थतन्त्रमा गहिरो असर देखिएको छ

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध

नयाँ पुल निर्माण १० वर्षदेखि अलपत्र, ४५ वर्ष पुरानो ट्रसको मर्मत सुरु

दोलखा– लामासाँघु- जिरी सडक खण्ड अन्तर्गतको तामाकोशी नदिको निर्माणाधीन अलपत्र