युक्रेनी अन्नको आपूर्ति सहज बनाउने विषयमा रुस र युक्रेनबीच सहमति जुटेको टर्कीको भनाइ « Khabarhub

युक्रेनी अन्नको आपूर्ति सहज बनाउने विषयमा रुस र युक्रेनबीच सहमति जुटेको टर्कीको भनाइ


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कृष्ण सागरबाट युक्रेनी अन्न निर्यातलाई सहज पहुँच दिने विषयमा रुससँग सहमति जुटेको टर्कीले जनाएको छ ।

यसबारे शुक्रबार टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलमा युक्रेन, रुस, टर्की र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजबीच हस्ताक्षर हुने बीबीसीले जनाएको छ ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेसँगै विश्वभर अन्नको भाउ उच्च भएको छ । रुस र युक्रेन विश्व बजारमा अन्नको सबैभन्दा महत्वपूर्ण आपूर्तिकर्ता मुलुक रहेको बताइन्छ ।

रुसले युक्रेनी बन्दरगाहबाट अन्न एवम् अन्य अत्यावश्यक खाद्यसामग्री निर्यात गर्न बन्देज लगाइदिएको छ । यसबाट युक्रेनमा २ करोड टन अन्न युक्रेनमा नै सञ्चित भएको छ ।

यता अमेरिकाले भने संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको उक्त सहमतिको स्वागत गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले यस सहमतिको कार्यान्वयन भने चुनौतिपूर्ण रहेको टिप्पणी गरेका छन् ।

‘पहिलो कुरा त सुरुमा हामीले यस्तो अवस्था आउनै दिनु हुँदैनथ्यो । रुसी महासंघले जानाजान खानेकुरालाई हतियारका रुपमा प्रयोग गरिरहेको छ ।’ प्राइसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ६ : ०९ बजे

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार

विपद् प्रभावितलाई थप १६ लाख सहयोग

काठमाडौँ– नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा