हक्कानी सञ्जालका वरिष्ठ कमाण्डर पाकिस्तानी तालिबानमा आबद्ध « Khabarhub

हक्कानी सञ्जालका वरिष्ठ कमाण्डर पाकिस्तानी तालिबानमा आबद्ध


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानको शासन चलाइरहेको तालिबानको सबैभन्दा उग्र घटक हक्कानी सञ्जालका एकजना वरिष्ठ कमाण्डर छिमेकी मुलुक पाकिस्तानमा सक्रिय अर्को तालिबान खेमा तहरिक ए तालिबान पाकिस्तानसँग आबद्ध हुने पुगेका छन् ।

पाकिस्तानी सञ्चारमाध्यमले अनुसार हक्कानी सञ्जालका वरिष्ठ कमाण्डर टिपु गुल पाकिस्तानी तालिबानमा आबद्ध भएको जनाएका हुन् ।

दक्षिण एसियामा सञ्चारमाध्यमबारे अध्ययन गरिरहेको साउथ एसियन मिडिया रिसर्च इन्स्टिच्युट (साम्री) ले सामाजिक सञ्जाल ट्विटरमा सन्देश जारी गर्दै टिपु गुल पाकिस्तानी तालिबानसँग आबद्ध हुन पुगेको जानकारी दिएको छ ।

पाकिस्तानी सैनिक संस्थापनसँग अफगानिस्तानमा सक्रिय हक्कानी सञ्जालको नजिकैको सम्बन्ध रहेको विश्वास गरिन्छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार पाकिस्तानको गुप्तचर निकाय आईएसआईले हक्कानी सञ्जाललाई अफगानिस्तानमा आफ्नो रणनीतिक साधनका रुपमा प्रयोग गर्दै आएको छ ।

यसबाहेक हक्कानी सञ्जाल पाकिस्तान र अफगानिस्तानमा पछिल्ला केही वर्षहरुमा हुँदै आएका आत्मघाती हमलाहरुका लागि जिम्मेवार रहेको ठानिन्छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ३ : १५ बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु